पुरुष र महिला फुटबलको खेल तालिका सार्वजनिक, आर्मी र पुलिस एकै समूहमा

काठमाडौं : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको खेल तालिका सोमबार सार्वजनिक भएको छ। सो खेल तालिका अनुसार दुई विभागीय टोली एउटै समूहमा परेका छन्। विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब एकै समूहमा परेका हुन्।२७ गतेबाट सुरु हुने पुरुष फुटबलमा सहभागी ११ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ। हरेक समूहबाट शीर्ष स्थानमा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्।समूह ए मा एनआरएनए, प्रदेश १ र गण्डकी प्रदेश छन्। समूह बी मा बागमती प्रदेश, मधेश प्रदेश र सशस्त्रको एपीएफ