युक्रेनमा रहेको युरोपकै ठूलो आणविक केन्द्र रुसको कब्जामा

युक्रेनमा रहेको युरोपकै ठूलो आणविक केन्द्र रुसले कब्जा गरेको छ । रुसले प्रहार गरेको बम विस्फोट हुँदा परमाणु केन्द्रमा आगलागी भएको थियो । आगलागी नियन्त्रणमा आइसकेको तर रुसी सेनाले परमाणु केन्द्र कब्जा गरेको युक्रेनी अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । आणविक केन्द्रमा रहेका कर्मचारीहरुले त्यहाँ रहेको पावर युनिटहरूको अवस्थाबारे निरीक्षण गरिरहेका छन् । आगलागीबाट प्लान्टमा कुनै क्षति भने नपुगेको आणविक ऊर्जा केन्द्रका प्रवक्ता एन्ड्री तुजलाई उदृत गर्दै बीबीसीले जनाएको छ । याे आणविक केन्द्रमा ६ देशका १...