विपद्का घटनाबाट यो वर्ष ६० करोडभन्दा बढीको क्षति

काठमाडौं।वैशाखयता विपद्का घटनाबाट ६० करोड ५ लाख ६ हजार ९४२ रुपैयाँ बराबरको आर्थिक क्षति भएकोछ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा बढी क्षति आगलागीले ४५ करोड ४७ लाख ६४ हजार ६१२ रुपैयाँको गरेको छ।बाढी, पहिरो,आगलागी, अविरल वर्षा, चट्याङ, सर्पदंश, डढेलो, हवाहुरी र जनावरको आक्रमणबाटसो क्षति भएको हो। उक्त अवधिमा १ हजार २६२ वटा विपद्का घटना भएका थिए।

सम्बन्धित सामग्री

आगलागीबाट ८१ लाख बढीको क्षति

मोरङको सुनबर्षी नगरपालिका र कानेपोखरी गाउँपालिकाको २ वटा घरमा सोमबार राति आगलागी हुँदा ८१ लाखभन्दा बढीको क्षति भएको छ।...

आगलागी हुँदा २५ लाख बढीको क्षति

खोटाङ- हलेसी तुवाचुङ नगरपालिका- ८ धितुङस्थित बुँलागैरीका भीमबहादुर कटवालको घरमा विद्युत् चुहावट भएर आगलागी हुँदा रु २५ लाख भन्दा बढीको क्षति भएको छ । घरमा जडान गरिएको विद्युत्को मिटरबक्सबाट सल्किएको आगोले उनको जस्तापाताको छाना भएको तीनतले घर, घरमा भएको नगद रु दुई लाख, साढे चार तोला सुन, पाँच तोला चाँदी, नागरिकता, जग्गाधनीपुर्जा, भाँडाकुँडा, अन्नपात, लत्ताकपडा, […]

फालेलुङमा २१ करोड बढीको क्षति

पाँचथर । २ असारमा मुसलधारे वर्षासँगै आएको बाढी, पहिरोले जिल्लाको फालेलुङ गाउँपालिकामा मात्र २१ करोड बढीको क्षति गरेको छ । गाउँपालिकाले अनुगमन समिति बनाएर क्षतिको विवरण संकलन गरेको हो । फालेलुङमा २१ करोड ३७ लाख ८५ हजार रुपैंयाँ बराबरको क्षति भएको अनुगमन समिति संयोजक रणजीत आङबुहाङले जानकारी दिए । बाढीले सो गाउँपालिकाभित्रको दुई वटा मोटरेवल […] The post फालेलुङमा २१ करोड बढीको क्षति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रेसुङ्गा फर्निचरमा आगलागी हुँदा डेढ करोड बढीको क्षति

नेपालगन्जको कारकाँदोस्थित रेसुङ्गा फर्निचर एण्ड चिरन सप्लायर्समा आगलागी हुँदा डेढ करोड बढीको क्षति भएको छ । शुक्रबार राती लागेको उक्त आगलागीबाट पसलमा रहेका सामान जलेर नष्ट भएको हो ।...

आगलागी हुँदा १८ लाख बढीको क्षति

शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरका तारासिंह महराको घरमा आज आगलागी हुँदा १८ लाख बढीको क्षति भएको छ। विद्युत् सर्ट भई घरमा आगलागी भएको हो।...

नवलपुरमा आगलागी, ३ लाख बढीको क्षति

पूर्वी नवलपरासीको गैडाकोटमा आगलागी हुँदा तीन लाख बढीको क्षति भएको छ । इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार गैडाकोट नगरपालिका ५ निवासी शालिकराम घिमिरेको ३ तले पक्की घरमा विद्युत सर्ट भई अचानक...

बाढीले २३ सिँचाइ नहर बगाउँदा ४ करोड बढीको क्षति

जुम्लामा बाढीले २३ वटा सिँचाइ नहर बगाउँदा चार करोड बढीको क्षति भएको छ । कात्तिक पहिलो साता भएको अविरल बेमौसमी वर्षापछि आएको बाढीले जुम्लाका २३ वटा नयाँ तथा पुराना सिँचाइ नहर बगाउँदा चार करोड बढीको क्षति भएको हो ।बाढीले विशेष गरी तातोपानी र तिला गाउँपालिकाका सिँचाइ नहर(कुलो)मा क्षति गरेको पाइएको छ । जसका कारण हिउँदे […]

कञ्चनपुरमा आगलागीबाट आठ लाख बढीको क्षति

शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडी स्थित रामप्रसाद रानाका घरमा गए राति आगलागी हुँदा लाखौँ मूल्य बराबरका धनमाल जलेर नष्ट भएका छन् । टुकीबाट आगलागी सल्किँदा झण्डै रु आठ लाख बढीको क्षति भएको जनाइएको छ । अन्नपात, फर्निचर, ओढ्ने ओछ्याउने कपडा, महत्वपूर्ण कागजपत्र, र गहना सबै जलेर नष्ट भएको वडाध्यक्ष बाले रानाले जानकारी दिए । “टुकी बालेर घरपरिवारका सदस्य अन्यत्र गएका बेला टुकी पल्टिँदा आगलागी भएको जानकारी पाएका छौँ”, उनले भने, “घर पूरै जलेर क्षति भएको छ ।”नगरपालिकाको

आगलागीबाट तीन लाख बढीको क्षति

सुनसरी। सुनसरीको सदरमुकाम इनरुवामा गएराति भएको आगलागीमा तीन लाख ५० हजार रुपैयाँभन्दा बढीको क्षति भएको छ। स्थानीय माई स्न्याक्स एन्ड फुड्स प्रालिमा भएको आगलागीबाट उक्त क्षती भएको हो। सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले विद्युत् सर्ट भएर आगलागी भएको बताए। आगलागीलाई स्थानीयवासी, प्रहरी र इनरुवा नगरपालिकाबाट गएको वारुणयन्त्रले नियन्त्रणमा लिइएको छ।

आगलागीबाट तीन लाख बढीको क्षति

शुक्लाफाँटा नगरपालिका–८ मणिका टोलका गणेश भुलको गोठमा आज आगलागी हुँदा तीन लाख ५० हजारभन्दा बढीको क्षति भएको छ । गोठमा बाँधिएको बाच्छी आगलागीमा परेर जलेर मरेको छ । गोठ पूरै जल्नाका साथै बोरिङ पाइप, तयारी अवस्थाको सालको काठ, सिँचाइका लागि गरिएको बायरिङ, प्यानल बोर्ड र अन्न सबै जलेर नोक्सान भएको पीडित भुलले बताए । वडाध्यक्ष बहादुर सिंह महराका अनुसार नगरपालिकाको दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रण कायम गरिएको छ ।