असफल पूर्वाधारको लर्को

नेपालमा निर्मित पूर्वाधारहरू एकपछि अर्को गर्ँअसफल बन्ने हुन् कि भन्ने आशंका उत्पन्न भएको छ । यद्यपि पूर्वाधार आयोजना बन्नुअघि सरकारले समितिहरू बनाएर त्यसको लागत र लाभको पक्कै पनि विश्लेषण गरेको हुन्छ । तर, सरकारले गरेका अध्ययन एकांगी भएर हो वा तिनको डाउनवार्ड र अपवार्ड लिन्केजहरू जोड्न नसकेर हो राष्ट्रिय गौरवका आयोजनाहरू सेतो हात्तीका रूपमा रूपान्तरण हुने सम्भावना बढेको छ । यस्तै हुँगए यी पूर्वाधारहरू मुलुकका लागि ठूलो बोझ बन्ने अवस्था नआउला भन्न सकिँदैन । चोभारमा सञ्चालनमा आएको सुक्खा बन्दरगाह यसको एउटा उदाहरण हो । ‘चलेन त हामीलाई के भो र’ भन्ने खालको मानसिकता सरकारी संयन्त्रमा पाइन्छ, जसले गर्दा थप आयोजनाहरू पनि यस्तै नहोलान् भन्न सकिँदैन । बन्दरगाह सञ्चालनमा आएको १ वर्षमा जम्मा ७७ ओटा कन्टेनर भित्रिएको र तीनओटा कन्टेनरमात्र बाहिरिएको तथ्यांकले यसको असफलतालाई देखाउँछ । ५ सय कन्टेनर अटाउने यो बन्दरगाहमा किन लक्ष्यअनुसार कन्टेनर आउन सकेनन् त भन्नेमा व्यवसायी र सरकारका आआफ्नै दाबी छन् । दाबी जेजस्ता भए पनि बन्दरगाह आर्थिक रूपमा लाभदायी नदेखिएको भने सत्य हो । यदि व्यवसायीलाई यहाँको बन्दरगाहसम्म सामान ल्याउँदा लागत र समयको बचत हुन्थ्यो, सेवा सहज हुन्थ्यो भने यसको प्रयोग गर्न लालायित नहुने कुरै थिएन । विदेशबाट भित्रिएको सामानको ठूलो परिमाण काठमाडौंमा नै खपत हुन्छ । मुलुकका विभिन्न ठाउँमा विक्रीवितरणका लागि जाने सामान पनि काठमाडौं ल्याएर वितरण गर्ने गरिएको समेत पाइन्छ । त्यसो हुँदा वीरगञ्ज, भैरहवा नाकामा सामान भन्सार पास गरेर लोडअनलोड गरी फेरि काठमाडौं ल्याउनुभन्दा सीधै काठमाडौंमा नै भन्सार पास गराउनु पक्कै पनि सस्तो पर्नुपर्ने हो । सिद्धान्ततः यस्तो देखिए पनि व्यवहारमा पनि त्यस्तो हुन सकेको देखिँदैन । पहिलो त काठमाडौं भित्रिएपछि सुक्खा बन्दरगाहसम्म सामान लैजाँदा ८/९ किलोमीटर बढी यात्रा तय गर्नुपर्ने देखिन्छ । अर्को, सुक्खा बन्दरगाहमा जाने बाटो निकै सानो छ । त्यसले गर्दा पनि यो बन्दरगाह प्रयोग गर्न समस्या देखिएको हो । काठमाडौंलाई तराईसँग जोड्ने काठमाडौं–निजगढ फास्ट ट्र्याक बनेको भए चोभारसम्म जान निकै सजिलो हुन्थ्यो । अर्को कुरा जुन कारणले यो बन्दरगाह सञ्चालनमा समस्या आयो त्यसबारे सरकारलाई जानकारी गराउँदा समाधानमा चासो नदिएको पनि पाइन्छ । बनेका पूर्वाधार सञ्चालनमा आउन समस्या भए नीतिगत र अन्य पक्षलाई सम्बोधन गर्नु सरकारको दायित्व हो । उसले आफै चासो लिनुपर्नेमा दिएका सुझावलाई समेत कार्यान्वयन नगर्नु पूर्वाधारप्रति सरकारी उदासीनताको अभिव्यक्ति हो भन्न सकिन्छ । चोभारको सुक्खा बन्दरगाहमात्र होइन, पोखरा र भैरहवा अन्तरराष्ट्रिय विमानस्थल पनि सेतो हात्ती बन्ने सम्भावना देखिँछ । सरकारले सम्भावित अवरोधका बारेमा पर्याप्त गृहकार्य नगरेको देखिन्छ । कुनै पनि योजनामा वैकल्पिक योजनाहरू हुन्छन् । पहिलो असफल भए दोस्रो, दोस्रो नभए तेस्रो विकल्पमा जानुपर्ने हुन्छ । तर, यी आयोजनामा सरकारले त्यसो गरेको पाइँदैन । ‘चलेन त हामीलाई के भो र’ भन्ने खालको मानसिकता सरकारी संयन्त्रमा पाइन्छ, जसले गर्दा थप आयोजनाहरू पनि यस्तै नहोलान् भन्न सकिँदैन । सरकारी कार्यशैलीमा तालमेल नहुँदा त्यसको शिकार पूर्वाधार आयोजनाहरू परिरहेका छन् । त्यसमा मेलम्ची पनि एक हो । निर्माण सम्पन्न भएपछि आएको नयाँ समस्यालाई सम्बोधन गर्न सरकारले तदारुकता देखाएको छैन । टालटुले नीति लिएर हिउँदमा मात्रै सञ्चालन गर्न थालेको छ । भेरी–बबई सिँचाइ आयोजनामा टनेल बोरिङ मेशिन (टीबीएम)का प्रयोग गरी सुरुङ खनियो । तर, अन्य कार्य सम्पन्न नहुँदा हतारले खोलिएको सुरुङ प्रयोजनविहीन भइदियो । अन्य काम पनि त्यही गतिमा भइदिएको भए त्यसले परिणाम दिइसक्थ्यो । राष्ट्रिय गौरव भनिएको सिक्टा सिँचाइ आयोजना पनि निर्माण सम्पन्न हुनुपर्ने बेला उल्टै भ्रष्टाचारको दलदलमा फसेको छ । जसले गर्दा उक्त आयोजनाले लक्ष्यअनुसार सिँचाइयोग्य जमीनमा सिँचाइ पुर्‍याउँछ भन्न सकिने अवस्था छैन । नेपालको पूर्वाधार निर्माण यसै पनि सुस्त छ । त्यसमा पनि बनेका पूर्वाधार राम्ररी सञ्चालनमा नआउँदा त्यसले अर्थतन्त्रको विस्तारमा कुनै योगदान नदिने तर मुलुकलाई आर्थिक बोझ थप्ने काम भने गर्ने देखिन्छ । अतः सरकारले पूर्वाधार निर्माणलाई गति दिन र बनेका पूर्वाधारलाई पूर्णरूपमा सञ्चालनमा ल्याउन पूर्ण क्षमताका साथ काम गर्नु जरुरी छ । अन्यथा प्रयोगमा नआउँदै पूर्वाधार मर्मत गर्नुपर्ने अवस्था आउन सक्छ ।

सम्बन्धित सामग्री

हात्तीपाइले अभियानमा कपिलबस्तु १५औँ पटक पनि असफल

कपिलबस्तु जिल्लामा २०६४ साल देखि हात्तीपाइलेविरुद्ध अभियान सञ्चालन भए पनि असफल भएको छ। हात्तीपाइले रोगको १५ चरणको अभियान सञ्चालन गरिएको कपिलवस्तु फेरि हात्तीपाइले रोगको नुमना परिक्षण गर्दा असफल भएको बताइएको...

संविधान असफल गर्ने छुट कसैलाई छैन् : रमेश लेखक

काठमाडौं, १६ कार्तिक । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संविधानपनि असफल हुने अवस्था आयो भने मुलुक असफल हुने बताएका छ्न । उनले अहिलेको संविधान असफल गर्ने छुट कसैलाई नभएको बताए । आज (बिहीबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । सांसद लेखकले वर्तमान संविधान असफल भयो भने मुलुक अनिष्टकारी र विषम परिस्थितिमा […]

असफल राष्ट्र उन्मुख नेपाल

नेपाल असफल राष्ट्र बन्न लागेको सन्दर्भमा विश्लेषणहरू हुन थालेका र स्वतन्त्र टिप्पणीहरूसमेतको आलेखहरू प्रकाशित भइराखेका छन्। कस्तो अवस्थामा राष्ट्र असफल हुन्छ ? यसबारेमा प्रकाश पार्नु वाञ्छनीय हुन्छ। असफल राष्ट्रले देशमा शासन गर्न सकिराखेको हुँदैन।...

मच्छिन्द्र दोस्रो चरण पार गर्न असफल

चार स्ट्राइकरसहित मैदान उत्रिएको मच्छिन्द्र फुटबल क्लब बुधबार एएफसी कपको छनोटअन्तर्गत दोस्रो चरणमा पार गर्न असफल भएको छ।...

एच-थ्री रकेटको दोस्रो प्रक्षेपण पनि असफल, आकाशमै नष्ट गर्ने आदेश

सोमबार जापानको नयाँ एच-थ्री रकेटको पहिलो प्रक्षेपण असफल भएपछि मंगलबार दोस्रो प्रक्षेपण पनि असफल भएको छ । यो २००३ पछि जापानको पहिलो असफल रकेट प्रक्षेपण हो । दोस्रो प्रयास पनि असफल भएपछि अन्तरिक्ष एजेन्सीले मिसन सफल हुन नसकेपछि आकाशमै नष्ट गर्ने आदेश दिएको थियो । एच-थ्री रकेटको दोस्रो प्रक्षेपण पनि असफल भएसँगै ‘जापान एयरोस्पेस एक्सप्लोरेशन …

चन्द्रमामा नयाँ रकेट पठाउने नासाको दोस्रो प्रयास पनि असफल

काठमाडौं । अमेरिकाकाे अन्तरिक्ष संस्था नासाको चन्द्रमामा नयाँ रकेट पठाउने दोस्रो प्रयास पनि असफल भएको छ । गत साता प्राविधिक गडबडीका कारण स्थगित गरिएको मिसन शनिबार असफल चोटी प्रयास गर्दा पनि असफल भएको हो । रकेटको हाइड्रोजन ट्यांकमा चुहावट भएका कारण यो मिसन पुन: असफल भएको जनाइएको छ । वैज्ञानिकहरुले आगामी अक्टोबर भन्दा अघि मिसन […]

प्याज विशेष मिसन कार्यक्रम असफल

सरकारले २०६४ सालमा ल्याएको प्याज विशेष मिसन कार्यक्रम असफल भएको छ ।आयात घटाउँदै नेपाली प्याजलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन तराइका झापा, सप्तरी, बारा, रुपन्देही, कपिलवस्तु, बाँके बर्दियालगायतका जिल्लामा सरकारले प्याज विशेष मिसन कार्यक्रम ल्याएपनि त्यसको कार्यान्वयनमा गम्भीर नबन्दा प्याज विशेष मिसन कार्यक्रम असफल भएको हो ।प्याज विशेष मिसन कार्यक्रम असफल भएपछि नेपाल प्याजका लागिसमेत परनिर्भर बनेको […]

इटाली लगातार दोस्रो पटक विश्वकपमा छनोट हुन असफल

काठमाडौं । युरो २०२० को विजेता इटाली फिफा विश्वकप २०२२ मा छनोट हुन असफल भएको छ । युरोपियन छनोटको प्ले अफ अन्तर्गत सेमिफाइनलमा बिहीबार राति नर्थ म्यासेडोनियासँग १–० ले पराजित हुँदै चार पटकको विश्व च्याम्पियन इटाली लगातार दोस्रो पटक छनोट हुन असफल भएको हो । यसअघि इटाली सन् २०१८ को विश्वकपमा पनि छनोट हुन असफल […]

यो संसद असफल भइसक्यो : ओली

९ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको संसद असफल भएको बताएका छन् । मंगलबार नेकपा एमालेको पालिका अधिवेशनको भर्चुअल उद्घाटन गर्दै अध्यक्ष ओलीले सभामुखको कारण संसद असफल भइरहेको बताए । ‘एक जना मान्छे उठेर अवरोध गरें मैले भन्दा उहाँ दुई मिनेट नफर्की संसद स्थगित गर्नुहुन्छ । देशको ठूलो पार्टीले असन्तुष्टि विरोध […]

प्रदीप गिरिको चेतावनी : यो सरकार असफल भए संविधान र व्यवस्था पनि बाँकी रहँदैन

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रदीप गिरिले अहिलेको सरकार असफल भएमा संविधान र व्यवस्था पनि असफल हुने बताएका छन्।प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै गिरिले यसपटक सरकारलाई असफल हुने छुट नभएको बताए । सरकार गठनमा भूमिका खेलका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, उपेन्द्र यादवलगायतको नाम उल्लेख गर्दै उनले सरकार असफल भए प्रधानमन्त्री शेरबहादुर देउवा मात्रै असफल नहुने तर्क गरे।‘यो सरकार असफल भयो भने शेरबहादुरजी मात्रै असफल हुनुहुन्न, बुझ्नुस् सरोकारवालाहरूले ।’ गिरिले थपे