काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेन-जी प्रदर्शनका घाइतेहरूको वर्गीकरणमा सहजीकरणको लागि समन्वय गर्न आह्वान गरेको छ । गृह मन्त्रालयले यही कात्तिक २५ गते सबै जिल्ला प्रशासन कार्यालयहरूलाई घाइतेहरूको वर्गीकरण कार्य यथाशीघ्र सम्पन्न गरी स्वास्थ्य मन्त्रालयमा विवरण पठाउन परिपत्र भइसकेकाले जेन-जी प्रदर्शनका घाइतेहरूको वर्गीकरण सम्बन्धी कार्यविधि २०८२ अनुसार यो कार्य समयमै सम्पन्न गर्न जिल्ला स्थित अस्पतालका […]
भोजपुर– यहाँका किसान यतिबेला धान थन्क्याउनमा व्यस्त छन् । दशैं–तिहार सकिएसँगै खेतमा पाकेका धान भित्र्याउने कामले गाउँ–गाउँमा चहलपहल बढाएको छ । बिहानैदेखि किसान खेतबारीतिर धान थन्काउने, मुठा बाँध्ने र सुकाउने काममा जुटेका छन् । केही समयमा अघिको लगातार वर्षातका कारण समयमा धान थन्काउन नपाएका किसान अहिले मौसममा सुधार आएपछि धान बाली भण्डारणमा लागेका छन् । […]
काठमाडौं । पेरूमा ट्रकसँग ठोक्किएर २०० मिटर खोँचमा यात्रुबाहक खस्दा ३७ जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् । बसमा ६० जना यात्रु सवार थिए ।
पेरूलाई चिलीसँग जोड्ने पान-अमेरिकन राजमार्गमा बुधबार बिहान …
गुल्मी– रेसुङ्गा विमानस्थलमा आजदेखि सातामा चार पटक हवाई उडान सुरु भएको छ । नेपाल वायुसेवा निगम रेसुङ्गा स्टेशनका प्रमुख सुमन थापाले आजदेखि पुनः नियमित रुपमा साताको चार पटक हवाई उडान सुरु भएको जानकारी दिए । नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाज बिग्रिएपछि विगत पाँच महिनादेखि जिल्लामा सातामा एक पटक बिहीबारमात्र हवाई उडान हुँदै आएको थियो । […]
२७ कात्तिक, काठमाडौं। राष्ट्रिय परिचयपत्रको आधारमा मतदाता नामावलीमा नाम दर्ता गर्न पाइने भएको छ।
निर्वाचन आयोगले बिहीबारबाट राष्ट्रिय परिचपत्रको विवरणको आधारमा मतदाता सूचीमा नाम दर्ता गर्न थालेको हो। यसका लागि बुधबार रातभरि प्राविधिक तयारी र परीक्षणका …
२७ कात्तिक, काठमाडौं । बंगलादेशमा हुने दोस्रो संस्करणको महिला कबड्डी विश्वकप खेल्ने नेपाली टोली घोषणा भएको छ ।
मानमती विष्टको कप्तानीमा १४ सदस्यीय टोली घोषणा भएको अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्द झाले जानकारी दिए ।
उपकप्तानमा …