मुसा, झिँगा, उडुस भगाउने घरयासी उपाय, एकपटक प्रयोग गरेर हेर्नुस्
कतिपय घरमा मुसा, झिंगा, उडुस आदिले हैरान कटाएका हुन्छन् । दिनहुँ देखिने यी समस्याबाट मुक्त हुन धेरैले विभिन्न रासायनिक उपाय अपनाउने गर्छन् । तर घरमै यस्ता समस्याहरूको समाधान छ भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ ।
तर घरमै सजिलै पाइने कुराहरूबाट यस्ता समस्या नियन्त्रण गर्न सकिन्छ र यो प्रकिया निकै सजिलो छ ।
मुसा -मुसालाई पुदिनाको गन्ध मनपर्दैन । यदि तपाई मुसाले गर्दा दिक्क हुनुभएको छ भने, कपासको सानो टुक्रामा पुदिना हालेर मुसा आउने सम्भावित ठाउँमा राख्...