एमालेलाई विधि, पद्धतिमा हिँडाउन अन्तिमसम्म प्रयास गर्ने अठोट गरेको थिएँ- भीम रावल

नेकपा एमालेको अध्यक्षमा पराजित भएका भीम रावलले एमालेलाई विधि पद्धतिमा हिँडाउन अन्तिमसम्म प्रयास गर्ने अठोट गरेको र सोहीअनुसार अध्यक्ष पदमा उम्मेदवारी दिएको बताएका छन् ।  रावलले एमाले अध्यक्ष ओलीले महाधिवेशनको बन्दसत्रमा पेश गरेको सूची अनुमोदन नगर्ने र निर्वाचनको प्रक्रियामा सहभागी हुने अडान राखेकै कारण एमालेले निर्वाचनबाट नेतृत्व चयन गरेको थियो ।  उक्त निर्वाचनमा केपी ओलीसँग अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका रावलले २२३ मत ल्याए भने ओलीले १८३७ मत ल्याएर दोस्रो पटक एमालेको अध्यक्ष बने ।  ‘एमाले पार्ट...