नयाँ अफिसरको पदस्थापन र कर्मचारी सरुवा गर्न न्याय सेवा आयोगको बैठक बस्दै

कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले आइतबार न्याय सेवा आयोगको बैठक बोलाएका छन् । नयाँ कर्मचारीको पदस्थापन र केही कर्मचारीको सरुवाका विषयमा निर्णय गर्न कार्कीले बैठक बोलाएका हुन् । आयोगका अध्यक्षसमेत रहेका कामु प्रधानन्यायाधीश कार्कीले आइतबार अपरान्ह २ बजेका लागि न्याय सेवा आयोगको बैठक बोलाएका न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले बताए ।आइतबारको बैठकमा लोकसेवा आयोगले लिएको परीक्षामा उत्तीर्ण भएका न्याय सेवाका शाखा अधिकृतहरु तथा उपसचिवको परीक्षा उत्तीर्ण गरेका र बढुवा भएकाहरुको पदस्थापन मु