गृहमन्त्री रवि लामिछानेले आत्मदाह गरेका आचार्यको परिवारलाई भेटे

काठमाडौँ। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको परिवारलाई भेटेका छन्। बुधबार दिउँसो कीर्तिपुर अस्पताल पुगेर लामिछानेले आचार्यको परिवारलाई भेटेका हुन्। मंगलबार संसद भवन अगाडि आत्मदाहको प्रयास गरेको आचार्यको बुधबार बिहान उपचारको क्रममा निधन भएको थियो।