उद्योगी भट्टचन बने काँग्रेस महाधिवेशन प्रतिनिधि

प्रभु ग्रुपका अध्यक्ष देविप्रकाश भट्टचन नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । भट्टचन बागलुङ क्षेत्र नम्बर २ बाट निर्विरोध निर्वाचित भएका हुन् । भट्टचन अल्पसंख्यक कोटाबाट महाधिवेशन प्रतिनिधि चयन भएको नेपाली काँग्रेस निर्वाचन समितिले जानकारी छ । उनलाई काँग्रेसले २०७४ मा समानुपातिक सूचीबाट प्रतिनिधिसभा सदस्य बनाएको थियो ।यस्तै, भट्टचन २०४८ सालको निर्वाचनमा बागलुङबाट स्वतन्त्र उम्मेदवार नै बनेका थिए ।

सम्बन्धित सामग्री

सोलुखुम्बुमा सप्तरीका अशोक झाले जिते काँग्रेस महाधिवेशन प्रतिनिधि

नेपाली काँग्रेसमा गुटगत प्रतिशोधका कारण आमन्त्रित केन्द्रीय सदस्यदेखि वर्तमान जिल्ला सभापतिसम्म महाधिवेशन प्रतिनिधिमा पराजित भइरहेका छन् । तर हिमाली सोलुखुम्बु जिल्ला भने मधेसी मुलका अशोक झा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।हिमाली जिल्लाबाट काँग्रेस महाधिवेशन प्रतिनिधि चुनिने मधेशी समुदायका अशोक एकलो हुन् । उनी अल्पसंख्यक तर्फबाट कान्छीराज थुलुङलाई पराजित गरेर महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन् । अशोकको परिवार ०३८ सालतिर सप्तरीको छिन्नामस्ता गाउँपालिकाबाट सोलुखुम्बु गएकाे थियो । अश

काँग्रेस महाधिवेशन कार्यक्रम सार्वजनिक

नेपाली काँग्रेसले महाधिवेशन कार्यक्रम तय गरेकाे छ । काँग्रेस महाधिवेशन कार्यक्रम मंसिर २१ बाट सुरु हुने भएकाे छ । काँग्रेस निर्वाचन समितिले तयार गरेको कार्यक्रमअनुसार  २१ गते मतदाता नामावली(महाधिवेशन प्रतिनिधिकाे सूची) प्रकाशन काँग्रेस हुने छ । २२ गते मतदाता नामावलीमाथि दाबी विरोध तथा उजुरीकाे कार्यक्रम र मतदाता नामावलीकाे अन्तिम सूची सार्वजनिक गरिने छ । २३ गते उम्मेदवारी मनाेनयनकाे कार्यक्रम छ । यस्तै मंसिर २४ गते महाधिवेशन उद्घाटन गरिने छ भने २५ गते मतदान हुने । यसैगरी २६ गते मत गणना

यसकारण सर्दैछ काँग्रेस महाधिवेशन

काठमाडौं, ८ असोज । नेपाली काँग्रेसको महाधिवेशन मंसिरमा नहुने निश्चितप्रायः भएको छ । १३ जिल्लाका वडा तहको अधिवेशन क्रियाशील सदस्यताको विवादले अन्यौलमा परेपछि महाधिवेशन सर्ने अवस्था बनेको हो । सभापति शेरबहादुर देउवाले पनि महाधिवेशन सार्नेबारे छलफल बढाउन लगाएका छन् । त्यसै बमोजिम महामन्त्री पूर्णबहादुर खड्काले विषय छलफलमा राखेको बुझिएको छ । काँग्रेसको ६४ जिल्लाको वडा […]

काँग्रेस महाधिवेशन मंसिरमा हुनेमा आशंका

काठमाडौं, ७ असोज । नेपाली काँग्रेसको १४औं महाधिवेशन मंसिरमा हुनेमा आशंका बढेको छ । पटक पटक मिति सरेर मंसिर ९ देखि १३ सम्म गर्ने तय भएपनि तल्लो इकाईका अधिवेशनहरु सबै हुन नसक्नु र तालिका परिवर्तन भइरहनुले आशंका बढेको हो । यसअघि भदौ १६ देखि १९ सम्म हुन नसक्ने देखिएपछि नयाँ महाधिवेशनको नयाँ मिति तोकिएको हो […]

काँग्रेस महाधिवेशन: सर्लाहीमा पुरानै प्रतिस्पर्धी

प्रकाश मैनाली सर्लाही । देशकै लोकतान्त्रिक पार्टी नेपाली कांँग्रेसको महाधिबेशन नजिकिएसँगै जिल्लामा समेत यसको चहल पहल सुरु भएको छ । सर्लाहीमा अहिलेसम्म क्रियासील सदस्यको नामावली प्रकाशन नभएकाले औपचारिक रुपमा वडा भेला सुरु भएको छैन । औपचारिक रुपमा महाधिवेशन सुरु नभएपनि जिल्लामा चहल पहल भने सुरु भैसकेको छ । जिल्लामा अधिवेशन गर्न अहिलेसम्म पनि केन्द्रबाट निर्वाचन […]

काँग्रेस महाधिवेशन सर्ने

काठमाडौं, १५ साउन । नेपाली काँग्रेसको १४औं महाधिवेशनको मिति सर्ने भएको छ । काँग्रेसभित्र मिति सार्नेबारे आन्तरिक छलफल चलिसकेको छ । विश्वस्त स्रोतका अनुसार मंसिरमा गर्ने गरी महाधिवेशन सार्ने तयारी भएको छ । महाधिवेशनका लागि वडा तहकै अधिवेशन निर्धारित समयमा नभएपछि सार्ने तयारी भएको हो । काँग्रेसको महाधिवेशन भदौभित्र नभए निर्वाचन आयोगमा निर्वाचनका बखत दल […]

काँग्रेस महाधिवेशन सर्ने निश्चितप्रायः

काठमाडौं, १० साउन । नेपाली काँग्रेसको १४औं महाधिवेशन भदौंमा हुने सम्भावना कमजोर हुँदै गएको छ । वडा अधिवेशन स्थगित गरिएसँगै भदौमा महाधिवेशन हुने सम्भावना कमजोर बनेको हो । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले महाधिवेशन सर्न सक्ने संकेत गरेका छन् । नेपाली रेडियो नेटवर्कमा ऋषि धमलासँग कुरा गर्दै उनले निर्धारित समयमा महाधिवेशन नभएपछि पार्टी अरुले दर्ता गर्न […]

काँग्रेस महाधिवेशन भदौ १६ देखि १९ सम्म काठमाडौंमा हुने

काठमाडौं, २९ जेठ । नेपाली काँग्रेसको १४ औं महाधिवेशन भदौको १६ देखि १९ सम्म काठमाडौंमा हुने भएको छ । आज सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले महाधिवेशन केही दिन पछि सार्ने निर्णय गरेको हो । यसअघि काँग्रेस महाधिवेशन भदौ ७ देखि १० गतेसम्म गर्ने निर्णय भएको थियो । काँग्रेसको क्रियाशील सदस्यता […]

काँग्रेस महाधिवेशन सार्न देउवालाई ओलीको साथ

काठमाडौं, १३ वैशाख । नेपाली काँग्रेसको १४ औं महाधिवेशन फेरि सर्ने भएको छ । क्रियाशील सदस्यता वितरणमै अल्झिएर महाधिवेशनसम्बन्धी कार्यतालिका सर्दै गएपछि महाधिवेशन सर्ने निश्चितप्रायः भएको हो । महाधिवेशन सार्ने पक्षमा काँग्रेस सभापति शेरबहादुर देउवा आफै देखिएका छन् । उनले त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको साथ खोजेका छन् । काँग्रेस महाधिवेशन अबको केही महिनामा […]