विमान दुर्घटनामा ६८ जनाको मृत्यु, उद्घाटनको उत्सव नसकिंदै स्तब्ध पोखरा

१ माघ, पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएदेखि पृथ्वीचोक क्षेत्रमाथि ठूला जहाज देखिन छाडेको थियो । १ जनवरी २०२३ देखि जहाजहरु लेखनाथ क्षेत्रबाट सीधै अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड हुन्थे । तर आइतबार स्थानीय बबरजंग गुरुङले आफ्नै घरमाथि जहाज उडेको देखे, त्यो जहाज एकैछिनमा फनक्कै फर्क्यो र सेती खोंचतिर ड्याम्म बजारिएको आवाज आयो । ‘खोंचतिर हेर्न […]