नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार ५४ जिल्लामा पालिका अधिवेशन सुरु भएको छ । केही जिल्लाका पुरै पालिकामा अधिवेशन सम्पन्न भइसकेको र केहीमा सुरु भएको हो । शनिबार सम्पन्न नभएका पालिकामा जिल्लामा खटिएका निर्वाचन अधिकृतलाई सहमतिमा नयाँ मिति तोकेर अधिवेशन गराउने जिम्मेवारी दिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।निर्वाचन समितिका सदस्य एकराज पोखरेलका अनुसार वडा अधिवेशन भइसकेका ६४ जिल्लामध्ये १० जिल्लामा भने तयारी नपुगेको भन्दै आज पालिका अधिवेशन सुरु भएको छैन । तयारी पूरा भए