हाइड्रोपावरको नक्कली कागजात बनाएर ठग्ने भारतीय नागरिक पक्राउ

नक्कली कागजात बनाएर ‘ठगी धन्दा’ चलाएको आरोपमा महानगरीय अपराध महाशाखाले एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको हिमाञ्चल प्रदेश स्थित सिमला घर भएका रविकुमार सिंह छन् । उनलाई ललितपुरको महालक्ष्मी नगरपालिका–५ स्थित सेती पाखाबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङ्गले रातोपाटीलाई बताए । सुर्खेतको लाटीकोइली गाविस–७ मा जन्मेको भनेर कैलालीबाट नागरिकता बनाएका सिंहले विभिन्न हाइड्रोपावर र कन्स्ट्रक्सन कम्पनीको नाममा सम्झौ