लैङ्गिक हिंसामध्ये ८० प्रतिशत घरेलु

काठमाडौं – लैङ्गिक हिंसाका घटनामध्ये ८० प्रतिशत घरेलु हिंसाका घटना हुने गरेको पाइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार घरेलु हिंसाभित्र पनि शारीरिक हिंसा ५३ प्रतिशत छ भने मानसिक हिंसाका घटना ४७ प्रतिशत रहेको छ । आजबाट सुरु भएको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार ८९ प्रतिशत चिनजानका मानिसबाटै महिला तथा बालिालिका […]

सम्बन्धित सामग्री

असी प्रतिशत लैङ्गिक हिंसा घरेलु

लैङ्गिक हिंसाका घटनामध्ये ८० प्रतिशत घरेलु हिंसाका घटना हुने गरेको पाइएको छ ।

करिब एक्काइस हजार घटना सार्वजनिक

एक वर्षमा देशभर लैङ्गिक हिंसाका २० हजार ८८० घटना भएका छन् । यी त प्रहरीमा आएका घटना मात्र हुन् । प्रहरीसमक्ष नआउने घटना अझै धेरै छन् । आर्थिक वर्ष २०७९/८० मा सो सङ्ख्यामा लैङ्गिक हिंसासम्बन्धी उजुरी परेको र मुद्दा दर्ता भएको नेपाल प्रहरीले जनाएको छ । प्रहरीका अनुसार समग्र लैङ्गिक हिंसा अपराधमा घरेलु हिंसाको हिस्सा ८० प्रतिशत रहेको छ । प्रहरीका अनुसार सो अवधिमा घरेलु हिंसाका १६ हजार ५१९, जबरजस्ती करणीका दुई हजार ३८७, जबरजस्ती करणी उद्योगका ५१८, अपहरण तथा जबरजस्ती करणीका ५९, जबरजस्ती करणी गरी कर्तव्य ज्यानका पाँच, मानव बेचबिखन तथा जबरजस्ती करणीका १० वटा घटना भएका छन् ।