ज्योतिनगरको पहिरो नियन्त्रण गर्न मुख्यमन्त्री केसीलाई कांग्रेसको माग

चुरे अतिक्रमणले बुटवलको ज्योतिनगरमा गएको पहिरो नियन्त्रणका लागि तत्काल काम थाल्न कांग्रेसले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कूलप्रसाद केसीलाई आग्रह गरेको छ । भदौ १३ र असोज ४ गते पहिरो जाँदा बुटवल–३ र ४ ज्योतिनगरमा २० भन्दा बढी घर पुरिएका छन् भने ज्योतिनगर बस्ती नै जोखिमा परेको छ ।  नेपाली कांग्रेसको नवनिर्वाचित उपमहागर समितिले ज्योतिनगर लक्ष्मीनगर क्षेत्रमा गएको पहिरोबाट प्रभावितलाई राहत प्याकेज ल्याउन तथा अल्पकालीन र दीर्घकालीन व्यवस्थापनको माग गर्दै लुम्बिनी प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ । मुख्यमन्त्री के...