काठमाडौं : उच्च अदालत विराटनगर इलाम इजलासमा कार्यरत कार्यालय सहयोगी मृत फेला परेकी छिन्।४८ वर्षीया विमलाकुमारी पराजुली कार्यालय परिसरमै सोमबार बिहान ८ बजे मृत भेटिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। सोलुखुम्बुको नेचासल्यान गाउॅपालिका–२ घर भएकी उनको शव कार्यालय पोशाकमै भेटिएको प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठले बताए। शवको अवस्था पहिचान गर्न नेपाल प्रहरीले धरानबाट विशेषज्ञ कुकुर मगाएको छ।