सय वस्तुको गुणस्तर मापदण्ड तयार

काठमाडौं, माघ १३ । वस्तुको गुणस्तर कायम गरी उपभोक्ता ठगिनबाट बचाउन नेपाल गुणस्तर तथा नापतौल विभागले करिब सय वस्तुको गुणस्तर मापदण्ड तयार गरेरको छ। विभागको प्राविधिक समितिले मापदण्ड पास गरेर नेपाल गुणस्तर परिषद्मा पेश गरेको छ। बजारमा विभिन्न प्रकारका गुणस्तरहीन औद्योगिक वस्तु बिक्री वितरण भइरहेको गुनासो आएपछि विभागले विभिन्न वस्तुको मापदण्ड तयार गरेको हो। विभागले […]

सम्बन्धित सामग्री

खेलाडीले लगाउने जुत्ताको गुणस्तरसम्बन्धी मापदण्ड पारित

काठमाडौं – नेपाल गुणस्तर परिषद्ले खेलाडीले लगाउने जुत्ताको गुणस्तरसम्बन्धी मापदण्ड पारित गरेको छ । परिषद्का अध्यक्ष एवं उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको अध्यक्षतामा आज बसेको १११औँ बैठकले नेपाल गुणस्तर तथा नापतौल विभागले तयार पारेको खेलकुदमा प्रयोग हुने जुत्ताको गुणस्तर मापदण्ड पारित गरेको हो । विभागले विभिन्न वस्तुको गुणस्तर निर्धारण गर्ने गर्दछ । मापदण्ड पारित […]

पानी विदेश निर्यात गर्ने बाटो खुल्यो, गुणस्तर पारित

काठमाडौँ - गुणस्तर परिषद्को १०८औँ बैठकले विदेश निर्यात हुने मूलको पानीको गुणस्तर मापदण्ड पारित गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले तयार पारेको मापदण्डलाई उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको अध्यक्षतामा आइतबार बसेको  बैठकले पारित गरेको हो । विभागले विभिन्न वस्तुको गुणस्तर निर्धारण गर्ने गर्दछ । मापदण्ड...

हानिकारक स्यानिटाइजर र मास्क छ्यापछ्याप्ती

के तपाईंले प्रयोग गरिरहेको स्यानिटाइजर र मास्क गुणस्तरयुक्त छ त ? यसमा ध्यान नगएको हुन सक्छ है १ बजारमा गुणस्तरहीन सामग्री छ्यापछ्याप्ती पाइएका छन्। औषधि व्यवस्था विभागले गत वर्ष अनुगमन गर्दा २० कम्पनीबाट उत्पादित स्यानिटाइजर प्रयोग गर्नै नहुने पाइएको थियो। तर, मानव स्वास्थ्यलाई घातक त्यस्ता वस्तुको बिक्रीवितरण अझै रोकिएको छैन।‘कानुनी प्रक्रिया पुर्‍याएरै दर्ता गर्छन्। तर, उत्पादनका बेला गुणस्तर मापदण्ड पूरा गर्दैनन्’, विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसी भन्छन्, &lsquo

खाद्यान्नको गुणस्तर मापदण्ड तोकिँदै

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दलहन, आइसक्रिम, मह, विभिन्न फलफूूल तथा तरकारीमा जीवनाशक विषादीको अवशेषलगायत थप २५ वस्तुको मापदण्ड तोक्ने तयारी गरेको छ । यसअघि चिउरा, पुुष्टकारी, दालमोट, तेल तथा घिउमा टोटल पोलार मेटेरियल, गुुँदपाकलगायतका १३५ विभिन्न खाद्यवस्तुको गुणस्तर मापदण्ड तोकेको विभागले थप २५ वस्तुको मापदण्ड निर्धारण गर्ने तयारी गरेको हो । विभागका महानिर्देशक उपेन्द्र रायले यी वस्तुको गुणस्तर निर्धारण सम्बन्धमा खाद्यविज्ञसहितको प्रविधि समितिले काम गरिरहेको जानकारी दिनुुभयो । यीमध्ये पनि केही वस्तुको मापदण्ड प्रविधि समितिबाट स्वीकृति भइसकेको र अधिकांश स्वीकृत हुने क्रममा रहेको उहाँको भनाइ छ ।

१७ वस्तुको पनि मापदण्ड निर्धारण गर्दै विभाग

काठमाडौं। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दलहन, आइसक्रिम, महलगायत १७ वस्तुको मापदण्ड तोक्ने भएको छ। यसअघि चिउरा, पुष्टकारी, गुँदपाकलगायतका गुणस्तर मापदण्ड तोकेको थियो।यसअघि ती वस्तुको गुणस्तर निर्धारण गरिएको थिएन्। विभागका अनुसार यी वस्तुको गुणस्तर निर्धारण सम्बन्धमा खाद्य विज्ञसहितको प्रविधि समितिले काम गरिरहेको छ। यीमध्ये केही वस्तुको मापदण्ड प्रविधि समितिबाट स्वीकृति भइसकेको र अधिकांश स्वीकृत हुने क्रममा छन्।

दाल, मह, आइसक्रिमलगायत थप १७ वस्तुको मापदण्ड तोकिँदै

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दाल, मह, आइसक्रिमलगायत थप १७ वस्तुको मापदण्ड तोक्ने तयारी गरेको छ । यसअघि चिउरा, दालमोठ, भुजिया, पुष्टकारी र गुदपाकको गुणस्तर मापदण्ड तोकेको विभागले थप १७ वस्तुको मापदण्ड निर्धारण गर्न लागेको हो ।यी वस्तुको गुणस्तर निर्धारण सम्बन्धमा प्राविधिक समितिले काम गरिरहेको विभागका प्रवक्ता मोहनकृष्ण...