उल्टो हिँडेर काँकडभिट्टाबाट ४२ दिनमा दाङ आइपुगे ऋषि

दाङ : उल्टो पैदल यात्राबाट मेची-महाकाली हिँडेका दाङका ऋषि परियार ४२ औँ दिनमा दाङ आइपुगेका छन्। ‘स्वास्थ्यका लागि उल्टो पैदल यात्रा’ भन्ने नाराका साथ गत माघ १५ गते झापाको काँकडभिट्टाबाट उल्टो यात्रा सुरू गरेका परियार शुक्रवार बेलुका दाङको धानखोला आइपुगेका हुन्।तुलसीपुर उपमहानगरपालिका-३ घर भएका परियारले स्वास्थ्यका लागि हिँड्नुपर्छ भन्ने सन्देश दिन मेचीदेखि महाकालीसम्म उल्टो पैदल यात्रा सुरू गरेका हुन्। उनी शुक्रवार धानखोलामै बास बसेका  थिए।उनले अब २२ दिनमा महाकाली पुग्ने लक्ष्य र