रोल्पाका दश स्थानीय तहमध्ये नौ तहले जग्गाको वर्गीकरण गरेका छन् । यसका लागि सङ्घीय सरकारले ताकेको समयसीमाभित्र सुनछहरी गाउँपालिकाबाहेक बाँकी सबै स्थानीय तहले जग्गा वर्गीकरण गरेका हुन् ।
“सरकारले गत मङ्सिर २२ गतेसम्म जग्गाको वर्गीकरण गरिसक्न सबै स्थानीय तहलाई परिपत्र गरेको थियो । स्थानीय तहले हालका लागि जग्गालाई कृषि र गैरकृषि गरी दुई क्षेत्रमा वर्गीकरण गरेका छन्”, नापी कार्यालय रोल्पाका नापी अधिकृत पुरण चौधरीले भने, “गैरकृषि क्षेत्रको जग्गा भने केही समयपछि वर्गीकरण हुन्छ ।” तोकिएको समयभित्र जग्गाको वर्गीकरण नगर्ने स्थानीय तहले भने अब एकैपटक सबै प्रकारको वर्गीकरण गर्नुपर्ने उनको भनाइ छ ।
भू–उपयोग नियमावली, २०७९ अनुसार गैरकृषि क्षेत्रलाई...