ठाकुर पक्षले चार जिल्लामा अगुवा कार्यकर्ता भेला गर्दै

काठमाडौं : जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले आजदेखि अगुवा कार्यकर्ता भेला गर्दैछ। पहिलो दिन प्रदेश २ का बारा, सप्तरी, सिराहा र महोत्तरीमा आज भेला गर्ने तय भएको नेता केशव झाले जानकारी दिए।चारै जिल्लाका अगुवा कार्यकर्ता भेलालाई शीर्ष नेताले सम्बोधन गर्दैछन्। सप्तरीमा राजेन्द्र महतो, केशव झा, वृषेश चन्द्र लाल र राजिव झाले सम्बोधन गर्दैछन्। सिराहामा अनिलकुमार झा, डा. सुरेन्द्र झा, उमाशंकर अरगरिया, जयनुल राइन र महोत्तरीमा महन्थ ठाकुर, शरतसिंह भण्डारी र निर्जला राउतले सम्बोधन गर्ने तय भएको छ।य