गण्डकी प्रदेशमा एमालेले बनायो छाया सरकार

पोखरा। प्रमुख विपक्षी दल नेकपा एमालेले गण्डकी प्रदेशमा छाया सरकार गठन गरेको छ। प्रदेश संसदीय दलको शुक्रबार बसेको बैठकले ९ सदस्यीय छाया सरकार गठन गरेको हो। सरकारका काम कारबाहीलाई निगरानी र खबरदारी गर्न छाया सरकार गठन गरिएको सांसद राजीव पहारीले बताए। नयाँ सरकार गठन भएको लामो समयसम्म प्रभावकारी रूपमा काम गर्न नसकेकोले छाया सरकार गठन गर्नु परेको उनले बताए।