काठमाडौँ । नेपालको अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की हालै भएको ुजेनजीु आन्दोलनका क्रममा घाइते भएकाहरूको स्वास्थ्य अवस्था बुझ्न शनिबार राष्ट्रिय ट्रमा सेन्टर पुगेकी छन्। अस्पताल पुगेर उनले घाइतेहरूको उपचारको बारेमा जानकारी लिनुका साथै उनीहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेकी हुन्। जेनजी आन्दोलनका क्रममा भएको हिंसा र झडपमा परी सयौँ प्रदर्शनकारी घाइते भएका थिए।
काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआइ) का अध्यक्ष चन्द्रप्रसाद ढकालले यतिखेर आफूलाई गहभरी आँशु पारेर टोलाइरहन मन लागेको, तर त्यसो गर्न छुट नभएको लेखेका छन् । सोमबार आयोजित जेन–जी प्रदर्शनमा सरकारले निर्मम दमन गरेपछि मङ्गलबार उग्र बनेको भीडले निजी उद्योग र व्यापार संरचनामा समेत आगजनी गरेको थियो । महासङ्घ अध्यक्ष ढकालको लगानी रहेको चन्द्रागिरि […]