इतिहास रच्दै अन्तरीक्षमा चलचित्र छाँयाकन गरेर फर्कियो रुसी यान

एजेन्सी, ३१ असोज । रुस अन्तरीक्षमा चलचित्रको सफल छायाँकन गर्ने पहिलो देश बनेको छ । अन्तरीक्ष अध्ययनमा धेरैवटा किर्तिमान बनाएको रुसले अन्तरीक्षयात्रीसहित कलाकारलाई पठाएर चलचित्रको छायाँकन गरेको हो । अन्तरीक्षमा चलचित्रको छायाँकन गरेर रुसी यान आज विहान पृथ्वीमा फर्किएको छ । सोयुज एम एस १८ अन्तरीक्षयान अन्तराष्ट्रिय अन्तरीक्ष केन्द्रमा १२ दिन रहेर फर्किएको हो । […]