राजनीतिले विश्वविद्यालय सञ्चालन गरेको छ

त्रिभुवन विश्वविद्यालयमा शिक्षाभन्दा पनि राजनीतिले बढी थान पाएको छ । यसमा चरम बाहिरी हस्तक्षेप भएको हामीले महसूस गरेका छौं । त्रिभुवन विश्वविद्यालय शैक्षिक क्षेत्रको विकासका लागि निष्पक्ष ढंगले चल्न सकेको देखिएन । विद्यार्थी संगठनको सम्मेलनका लागि परीक्षा सार्ने कार्यले गलत प्रवृत्ति हावी हुन सक्छ । यसमा हजारौं विद्यार्थीको भविष्य जोडिएको छ । यसको जिम्मेवारी कसले लिन्छ ? अहिले जसले जतिखेर मन लाग्यो, त्यतिखेर शिक्षणसंस्था बन्द गरिदिने अवस्था छ । विद्यार्थीको परीक्षाजस्तो महत्त्वपूर्ण विषय ठीक समयमा गरिएन भने पास हुने विद्यार्थी फेल हुन सक्छ र फेल हुने विद्यार्थी पास हुन सक्छ । यसले विद्यार्थीको भविष्यलाई बर्बाद पनि बनाउन सक्छ । राजनीतिको प्रभावले त्रिभुवन विश्वविद्यालयको गुणस्तर घटाएको छ । यही कारणले त्रिभुवन विश्वविद्यालयले आफ्नो विश्वसनीयता पनि गुमाउँदै गएको छ ।  (राष्ट्रिय योजना आयोग सदस्य एवं शिक्षाविद् तीर्थ खनियाँसँगको कुराकानीबाट) वर्ष ६, अंक ७९, बिहीवार, २२ मङ्सिर, २०६७

सम्बन्धित सामग्री

मन्दिरको भेटीबाट विद्यालय सञ्चालन

सन्धिखर्क नगरपालिका–७ खाँचीकोटमा मन्दिरको भेटीबाट विद्यालय सञ्चालन गरिएको छ । सुपा देउराली मन्दिरमा उठेको  भेटीबाट खाँचीकोटस्थित आदर्श मावि र सीतापुरस्थित शान्ति निमावी सञ्चालन गरिएको छ । भेटीबाट आदर्श माविमा ६ तथा शान्ति निमाविमा चार शिक्षक राखिएको छ । भेटीबाट सङ्कलित  रकममध्ये मासिकरुपमा आदर्श माविलाई र शान्ति निमाविलाई रु एक लाख २० हजार उपलब्ध गराइएको मन्दिर व्यवस्थापन समितिका सचिव यादव घिमिरेले जानकारी दिए ।यस्तै समितिले सन्धिखर्कस्थित पाणिनि बेदबिद्या आश्रमका लागि वार्ष

जर्मनीमा विद्यालय सञ्चालन गर्ने तयारी

कोरोना भाइरसको डेल्टा भेरिएन्ट फैलिएपनि विद्यालय सञ्चालन गर्ने तयारी भइरहेको शिक्षा तथा संस्कृति मामिला मन्त्रीले बताए।

दसैं बिदा घटाएर विद्यालय सञ्चालन गरिने

डोटी– जिल्लाको पूर्वीक्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिकाले यस वर्षको दसैँ बिदा घटाएर पालिकाभरिमा रहेका सबै सामुदायिक विद्यालय सञ्चालन गर्ने भएको छ। कोरोना महामारीका कारण लामो समय विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइमा निकै घाटा भएको जनाउँदै यो वर्षको दसैँ बिदामा विद्यालय सञ्चालन गर्न सबै सामुदायिक विद्यालयलाई पत्राचार गरिएको शिक्षा, युवा तथा खेलकुद शाखाका संयोजक खेमबहादुर साउँदले […]

डिसिसिएमसीको अनुमति लिएर विद्यालय सञ्चालन गर्न सकिने

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(डिसिसिएमसी)को अनुमति लिएर विद्यालय सञ्चालन गर्न पाइने भएको छ । स्थानीय तहहरूले स्वास्थ तथा सुरक्षाको मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्नुपर्ने भएमा डिसिसिएमसीको अनुमति लिनुपर्ने दाङका प्रमुख जिल्ला...

डोटीमा आइतबारदेखि विद्यालय सञ्चालन हुने

कोरोना सङ्क्रमणका कारण लामो समयदेखि बन्द रहेका जिल्लाका सम्पूर्ण विद्यालय आइतबारदेखि सञ्चालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालन गर्न स्थानीय तहलाई जिम्मा दिएपछि यहाँका नौवटै स्थानीय तहका विद्यालय आइतबारदेखि खुल्ने भएको निमित्त प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताए । उनले भने, “कोरोना जोखिम नभएका कारण हामीले विद्यालय सञ्चालनको जिम्मा स्थानीय तहलाई दिएका छौँ, आइतबारदेखि विद्यालय खुल्छन् ।”निमित्त प्रजिअ जोशीको अध्यक्षतामा आज बसेको जिल्ला कोभिड–१९ सङ्कट व्

आइतबारदेखि विद्यालय सञ्चालन

कोरोना सङ्क्रमणका कारण लामो समयदेखि बन्द रहेका डोटी जिल्लाका सम्पूर्ण विद्यालय आइतबारदेखि सञ्चालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालन गर्न स्थानीय तहलाई जिम्मा दिएपछि नौवटै स्थानीय तहका विद्यालय आइतबारदेखि खुल्ने भएको निमित्त प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताए ।

स्वास्थ्य मापदण्ड अपनाउँदै आइतबारदेखि राजविराजका विद्यालय सञ्चालन हुने

विद्यालय सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड अपनाएर  विद्यार्थी सङ्ख्याको आधारमा फरक फरक समयमा आइतबारदेखि सञ्चालन गर्न गराउन अनुरोध गरिएको छ।

आइतबारदेखि राजविराजका विद्यालय सञ्चालन हुने

सप्तरी जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालन गर्न स्थानीयतहलाई जिम्मा दिएपछि राजविराजका विद्यालय आइतबारदेखि  खुल्ने भएको छ ।सप्तरीको राजविराजमा प्रमुख जिल्ला अधिकारी जयननारायण आचार्यको अध्यक्षतामा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकबाट विद्यालय सञ्चालन गर्ने जिम्मा स्थानीय तहलाई दिएको थियो । सोहीअनुरुप राजविराज नगरपालिका नगर शिक्षा समितिले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भदौ २० गतेदेखि  स्वास्थ्य मापदण्ड पालन गरी विद्यालय खोल्ने निर्णय गरेको छ ।कोरोनाविरुद्ध स्वास्थ्

डिसिसिएमसीको अनुमति लिएर मात्र विद्यालय सञ्चालन गर्न पाउने

उपत्यकामा भौतिक रूपमा विद्यालय सञ्चालन गर्न नपाइने भएको छ । स्मार्ट लकडाउनका प्रावधानभित्र रहेर विद्यालय सञ्चालन गर्न सक्ने अवस्था देखिएमा स्थानीय तहहरूले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रमा सिफारिस गरी अनुमति पाएमा...

सरकारी निर्णयविपरीत विद्यालय सञ्चालन गर्ने ११ प्रिन्सिपल पक्राउ

राजविराज। सरकारी निर्णयविपरीत विद्यालय सञ्चालन गरेको अरोपमा सप्तरीमा ११ जना प्रिन्सिपल पक्राउ परेका छन्। सप्तरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रराज पोखरेल, राजविराजका मेयर शम्भु यादवसहितको टोली विद्यालय अनुगमनमा पुगेका थिए। सो क्रममा विद्यालय सञ्चालन गरेका ११ निजी विद्यालयका प्रिन्सिपल पक्राउ परेका हुनु। उनीहरुमाथि संक्रामक रोग ऐन–२०२० अनुसार कारबाही चलाइनेछ।