हेटौंडा : चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहालले प्रतिद्वन्द्वी एमालेका विजय सुवेदीसँगको मतान्तर फराकिलो बनाउँदै लगेकी छिन्।६७ हजार ५०८ मतगणना हुँदा दाहालले २६ हजार २५८ प्राप्त गरेकी छिन्। यो मत सुवेदीको भन्दा चार हजार ७०२ ले बढी हो। उनले २१ हजार ५५६ मत प्राप्त गरेका हुन्।यस्तै उपप्रमखमा चित्रसेन अधिकारी २८ हजार २०३ मतसहित फराकिलो मतान्तरले अघि छन्। राप्रपाकी हिमला गुरुङले १६ हजार ७४५ मत ल्याएकी छिन्।
हेटौंडा : चितवनको भरतपुर नगरपालिकामा २६ हजार ४२६ मतगणना हुँदा माओवादी केन्द्रकी रेनु दाहालले ९ हजार ५४२ मत प्राप्त गरेकी छिन्। नेकपा एमालेका विजय सुवेदीले आठ हजार ८७ प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले चार हजार ३१५ मत ल्याएका छन्।रेनु विजयभन्दा एक हजार ४५५ मतले अगाडि छिन्।उपमेयरतर्फ कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ११ हजार ३८२ मत ल्याएका छन्। राप्रपाकी उम्मेदवार हिमला गुरुङले ६ हजार ५९३ मत पाएकी छिन्।
हेटौंडा : चितवनको भरतपुर नगरपालिकामा २६ हजार २६ मतगणना हुँदा माओवादी केन्द्रकी रेनु दाहाल १३ सय ३४ मतान्तरले अघि रहेकी छिन्।नेकपा एमालेका विजय सुवेदीले आठ हजार १९ प्राप्त गर्दा दाहालले नौ हजार ३६३ पाएकी छिन्।यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले चार हजार १९१ मत ल्याएका छन्।उपमेयरतर्फ कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ११ हजार १३६ मत ल्याएका छन्। राप्रपाका उम्मेदवार हिमला गुरुङले ६ हजार ५३५ मत पाएकी छिन्।
भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ४ को मतगणना चल्दै गर्दा स्वस्तिक छापको विषयमा विवाद भएपछि गणना रोकिएको हो। विवादको विषयमा सहमति निकाल्न अहिले सर्वदलीय छलफलको...
भरतपुर महानगरपालिकाको मतगणना जारी रहेको छ । ताजा अवस्थामा मेयर पदमा माओवादी केन्द्रकी रेनु दाहाल फेरि पछि परेकी छन् । गठबन्धनको समर्थित उनको मत ३ हजार ४६ रहेको छ भने एमालेका विजय सुवेदीले ३ हजार ७५ मत प्राप्त भएको छ । यस्तै गठबन्धनको बागीका रुपमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १ हजार ३७ मत पाएका छन् ।भरतपुरमा मतगणना जारी रहँदा एमाले र गठबन्धनबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
चितवन । भरतपुर महानगरपालिकामा गठबन्धन उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छन् । अहिले भरतपुर महानगरपालिका वडा नम्बर १ को मतगणना भइरहेको छ । अहिलेसम्म तीन सय मतगणना भएको छ । जसमध्ये दाहालले ११६ मत प्राप्त गरेकी छन् भने एमालेका विजय सुवेदीले दाहाललाई पछ्याएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले भने ३५ मत प्राप्त गरेका […]
चितवन – पालिका चुनाव अन्तर्गत भरतपुर महानगरपालिकामा मतगणना सुरु भएकाे छ । भरतपुर महानगरपालिका–१ बाट मतगणना थालिएको हो । मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीका अनुसार सुरुमा एक स्थानमा मत गणना गरिने छ भने क्रमशः गणनास्थल बढाउँदै लगिने छ । जिल्लाको अन्य ६ पालिकाको गणना शुक्रबार रातिबाट सुरु गरिएको थियो ।
भरतपुरकाे सुरुवाती गणनामा १२ मत गन्दा नेकपा एमालेबाट विजय सुवेदीले पाँच गठबन्धनतर्फ नेकपा माओवादी केन्द्रबाट रेनु दाहालले तीन मत प्राप्त गर्नुभएकाे छ । चार मत भने बदर भएकाे छ । ...