स्थानीय तहको चुनावमा सत्तारुढ दलहरुबीच 'फ्रेण्ड्ली' प्रतिस्पर्धा हुन सक्छ : कांग्रेस प्रवक्ता महत

काठमाण्डाै – सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तहको चुनावमा सत्तारुढ दलहरुबीच नै प्रतिस्पर्धा हुन सक्ने बताउनु भएको छ । एमालेले चुनाव हार्ने तर सत्तारुढ गठबन्धन दलहरुबीच भने आफैंले चुनाव जित्छु भन्ने लागेमा त्यहाँ फ्रन्डेली प्रतिस्पर्धा हुने प्रवक्ता महतको भनाइ छ । शनिबार पार्टी केन्द्रिय कार्यालय सानेपामा जारी केन्द्रिय कार्य सम्पादन समितिको बैठक चलिरहेका बेला उहाँले सञ्चारकर्मीमाझ गठबन्धन दलले भने कुनै पनि अवस्थामा एमालेसँग चुनावी तालमेल गर्न नमिल्ने गरी शीर्ष तहमा सहमति&...