शेयरबजारबारे कांग्रेसले घोषणापत्रमा के के विषय समेट्यो ?

नेपाली कांग्रेसले पुँजी बजारमा विदेशी लगानीकर्तालाई सशर्त लगानी गर्न खुला गर्ने भएको छ । कांग्रेस आगामी निर्वाचनको लागि आफ्नो घोषणापत्र सार्वजनिक गर्दै पुँजी बजारमा विदेशी लगानीकर्तालाई सशर्त लगानी गर्न खुला गर्ने पहल लिइने उल्लेख गरेको हो।त्यस्तै कांग्रेसले धितोपत्र सम्बन्धी ऐन तथा कानूनहरूमा सरोकावालाहरूसँग छलफल गरी पुँजी बजार सम्बन्धी ऐन कानून तथा विनियमावलीहरूमा समसामयिक सुधार गर्ने उल्लेख गरेको छ । साथै नेपाल धितोपत्र बोर्डलाई पूर्ण स्वायत्त निकायको रूपमा विकास गर्ने कांग्रेसले जनाएको छ । त्यस्तै पूर्वाधार बन्ड मार्फत् सडक, ऊर्जा र विमानस्थल जस्ता परियोजनाहरुका लागि पुँजी जुटाइने र आम नेपाली, गैरआवासीय नेपाली, संस्थागत लगानीकर्ता तथा अन्तर्राष्ट्रिय लगानीकर्ताहरुलाई प्रोत्साहन र सहुलियत दिइने कांग्रेसले उल्लेख गरेको छ । यसैगरी संचालन तथा व्यवस्थापनमा सार्वजनिक निजी साझेदारी अवधारणा कार्यान्वयनमा ल्याई ‘भायविलिटि ग्याप’ पूर्ति गर्न ठोस नीतिगत व्यवस्था गरिने घोषणापत्रमा उल्लेख छ।बैंकिङ प्रणालीबाट रेमिट्यान्स भित्र्याउन कम्पनी तथा व्यक्तिहरूलाई आयकरमा सहुलियत र सेवा शुल्कमा अनुदान दिइने घोषणा पनि कांग्रेसले गरेको छ । विदेशबाट फर्किएका युवालाई 'अबको जीवन स्वदेश मै नीति अर्न्तगत उनीहरूले विदेशबाट हासिल गरेको सीप र आर्जन गरेको पुँजीको आधारमा स्थानीय तहसँग सहकार्य गरी उद्यममा संग्लन गराउन प्रेरणा र प्रोत्सानको कार्ययोजना बनाइने कांग्रेस घोषणापत्रमा उल्लेख छ । वृत्ति विकासको सुनिश्चता र ट्रेड युनियन अधिकार सहित संघीय निजामति सेवा ऐन एक वर्षभित्र ल्याइने कांग्रेसले जनाएको छ।२०४६ को राजनीतिक परिवर्तनपछि बनेको नेपाली कांग्रेसको सरकारले जर्जर र संकुचित अवस्थामा रहेको पञ्चायतकालीन अर्थ व्यवस्थालाई आर्थिक उदारीकरणको नीति अनुरुप प्रतिस्पर्धात्मक र आधुनिक बनाएको कांग्रेसले उल्लेख गरेको छ । उद्योग, व्यापार, पर्यटन, विदेशी विनिमय, बैंकिब, पुँजी बजार, कर तथा राजस्व, ऊर्जा, जलविद्युत, संचार, हवाइ यातायात लगायत अर्थतन्त्रका हरेक क्षेत्रमा उदार आर्थिक नीति अपनाई स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने नीति प्रारम्भ भएको र त्यसैले अर्थतन्त्रकोव्यापक विस्तार हुन गई आजपर्यन्त फराकिलो आर्थिक आधार निर्माण भएको कांग्रेसले उल्लेख गरेको छ। 

सम्बन्धित सामग्री

संक्रमणकालीन न्यायको विषय सबैको साझा विषय : नेम्वाङ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले संक्रमणकालीन न्यायको विषय सबैको साझा विषय भएकोे बताउनुभएको छ । बुधबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संक्रमणकालीन न्यायको विषय टुंग्याउने कुरामा नेकपा एमालेको साथ र सहयोग सदैव रहने प्रतिवद्धता जनाउनु भयो । उहाँले संक्रमणकालीन […]

प्रशासन वृत्तमा सुधारका दुई विषय

अहिले प्रशासनिक तहमा दुईवटा विषय चर्चामा छन् । एउटा संघीय निजामती सेवा विधेयक अलपत्र परेको विषय र अर्को अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारका सचिव, सहसचिव तथा विभागी प्रमुख र नियामक निकायका प्रमुखलाई बोलाएर दिएको कडा निर्देशन । यी दुवै विषय प्रशासनिक क्षेत्रमा देखिएका विकृतिलाई सुधार गर्नुपर्ने खालका विषय हुन् । सरकारी निकाय र तिनका मातहतका […] The post प्रशासन वृत्तमा सुधारका दुई विषय appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

एसईईपछि कसरी गर्ने विषय छनोट ?

काठमाडौं । एसईईको नतिजा आइसक्यो । अब कक्षा ११ मा कुन विषय पढ्ने भन्ने अन्योलमा विद्यार्थी छन् । विद्यार्थीसँगै अभिभावक पनि उत्तिकै दुविधामा छन् । आफ्नो रुचिको विषय के हो ? भविष्यमा यो विषय कति उपयोगी हुन्छ ? भन्ने विषयमा उनीहरुले परामर्श (काउन्सिलिङ) लिन आवश्यक हुन्छ । यसका लागि विज्ञको सल्लाह लिन सकिन्छ । तर […]

‘बालबालिकाको रुचि र क्षमताअनुसार विषय छनोट गरौँ’

काठमाडौँ,१३ साउन । माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक भएसँगै अभिभावक आफ्ना बालबालिकालाई कुन विषय पढाउने भन्ने चिन्तामा छन् । अभिभावक कसैले आफूले चाहेको विषय अध्ययन गराउने सोचमा हुन्छन्, भने कोही बालबालिकाको रुचिअनुसारको विषय अध्यापन गराउने तयारीमा छन् । जोशीपुरका दिपीका ढुङ्गानाकी छोरी एसइई उत्र्तीण भइन् । उनी छोरीको रुचि र क्षमताअनुसारको विषय अध्यापन गराउनेमा […]

एसईईपछि कुन विषय पढ्ने ?

अबको केही दिनमा एसईईको नतिजा आउँदैछ । फलामे ढोका मानिने एसईई पास गरेपछि विद्यार्थीहरुमा कुन विषय पढ्ने भन्ने चिन्ता र अन्यौलताले सताउँछ । आफ्नो नतिजाअनुसार सही निर्णय लिन नसक्दा कतिपय विद्यार्थीहरु पछि पछुताउने समेत गरेका छन् ।एसईईपछि कस्तो खालको विषय पढ्ने ? त्यसका लागि कति खर्च लाग्छ ? त्यो विषय पढ्दा करिअर राम्रो बन्छ कि बन्दैन ? जस्ता प्रश्न हरेक विद्यार्थीको मनमा खेलिरहन्छन् । एसईईपछि उच्च माध्यमिक तहको अध्ययनको सुरु हुन्छ । यही विन्दुबाट आफ्नो करियरको आधार तय गरिन्छ ।उच्च माध्यमिक तहक

संसद्को कार्यसूचीबाट हटाइयो नागरिकताबाहेकका विषय

काठमाडौँ- प्रतिनिधिसभाकाे शुक्रबारकाे बैठककाे कार्यसूचीबाट नेपाली नागरिकता विधेयकबाहेकका विषय हटाइएको छ । प्रतिनिधिसभा बैठकले ‘फास्ट ट्रयाक’ बाट सो विधेयक पारित गराउने उद्देश्यसहित अन्य विषय कार्यसूचीबाट हटाइएको हो । शुक्रबारकाे बैठककाे सम्भावित कार्यसूचीमा नागरिकता विधेयकसहित अन्य विषय पनि समेटिएको  थियो । तर, बैठक बस्ने बेलामा नागरिकता विधेयकबाहेकका विषय हटाइएको हो । अहिले नेपालको नागरिकता (पहिलो संशोधन) […]

‘एसपिपी सम्झौताको विषय कहाँबाट आयो ?’

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को विषय कहाँबाट आएको भनि प्रश्न गरेका छन् । बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै महामन्त्री थापाले एसपिपी सम्झौताको विषय कहाँबाट,कसको पालामा...

बैतडीकाे पाटन नगरपालिकाभित्रका विद्यालयमा संस्कृत विषय पढाइने

बैतडी – बैतडीको पाटन नगरपालिकामा आधारभूत तहमा संस्कृत विषय पढाइने भएको छ । नगरपालिका भित्रका विद्यालयहरुमा कक्षा ६ देखि ८ सम्म संस्कृत विषय पढाइने भएको हो ।  नगर कार्यपालिकाको बैठकले पालिकाभित्रका विद्यालयहरुमा संस्कृत विषय पठनपाठन गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ । संस्कृत विषय अध्ययनले भाषागत ज्ञानको विकास गर्ने र भाषागत शुद्धतामा समेत सहयोग गर्ने भएकाले कक्षा ६ देखि ८ सम्म संस्कृत विषय पठनपाठन गर्ने निर्णय भएको नगरपालिकाका शिक्षा शाखा प्रमुख बिर्खराज भट्टले जानकारी दिनुभयो । आधारभूत तहमा कुनै...

प्रधानमन्त्रीले सार्वजनिक गरेको तीन वर्षको उपलब्धिमा स्वास्थ्यका के-के विषय परे?

तीन वर्षको उपलब्धिमा स्वास्थ्य क्षेत्रको विषय प्रधानमन्त्री ओलीले धेरै बुँदा कोरोना नियन्त्रणका लागि गरेका प्रयासका विषय उल्लेख गरेका छन्।