नेपालमा फैलिएको दोस्रो लहरको कोरोना संक्रमण एकजनाबाट ७० जनासम्ममा सर्ने गरेको चिकित्सकले औंल्याएका छन्। गत वर्ष नेपालमा देखिएको कोरोना सर्ने दर एक व्यक्ति बराबर १० थियो । यसरी पछिल्लो समय देखिएको कोरोना भेरियन्ट अघिल्लोको तुलनामा सात गुणा बढी मानिसलाई सर्न सक्छ।
राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा.बाबुराम मरासिनी भन्छन्, ‘अहिलेको युके भेरियन्टको संक्रमण दिनमै चौगुणा बढी देखिन्छ।’ यसले गर्दा दैनिक संक्रमित संख्या बढ्ने र संक्रमितहरूमा निमोनियासमेत हुने हुनाले अस्पतालमा भर्नादर बढ्ने...