काठमाडौँ,२८ असार । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल परिसरमा पार्क बनाउन कृषि विकास बैंकले सहयोग गरेको छ । बैंकले पार्कका लागि रु १५ लाखको चेक हस्तान्तरण गरेको हो । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त रकम हस्तान्तरण गरेको जनाएको छ । बैंकको प्रदेश कार्यालय वीरेन्द्रनगरका प्रमुख रघुनाथ न्यौपानेले अस्पतालका अध्यक्ष डा निर्मल लामिछाने र कार्यकारी […]