पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफु अविस्वास प्रस्तावबाट भाग्न नखोजेको बताएका छन् । उनले अविस्वास प्रस्ताव छल्नलाई संसद अधिवेशन अन्त्य गरेको नभई प्रदेशको स्थिरताका लागि अविस्वास प्रस्ताव ल्याउने दलहरूसँग वार्ता र संवाद गर्नकै लागि अधिवेशन अन्त्य गरेको दावी गरेका हुन् ।संसद अधिवेशन अन्त्यपछि विकसित घटनाक्रमबारे कुराकानी गर्दै मुख्यमन्त्री गुरुङले वामपन्थीहरुले मुलुकमा विकास र स्थिरताका कुरा गरेपछि प्रदेश सरकारविरुद्ध अविस्वास प्रस्ताव ल्याएर समृद्धिको यात्रामा अवरोध गरेक