नेपालमा कतिसम्म घट्ला प्याजको भाउ ? नेपालले आयात गर्ने ठाउँमा किलोको १० रुपैयाँ मात्रै !

काठमाडौं । भारतमा प्याजको भाउ घटेर ४ वर्ष यताकै न्युन स्तरमा ओर्लिएको छ । यो वर्ष भारतमा प्याजको उत्पादन राम्रो भएको र नयाँ नयाँ राज्यमा पनि प्याज खेती गरिएकाले प्याजको भाउ घटेर ४ वर्ष यताकै न्युन स्तरमा आएको बताइएको छ । पश्चिम बंगाल र मध्य प्रदेश लगायतका राज्यमा उत्पादन उच्च रहँदा धेरै प्याज खपत हुने राज्यमा माग घटेको छ । माग घटेपछि प्याजको मूल्य उत्पादन लागत भन्दा पनि कम हुँदा किसानहरू चिन्तामा छन् ।  अहिले प्याजको औसत मूल्य एशियाको सबैभन्दा ठूलो प्याज बजार लासालगाउँ कृषि उत्पादन बजारमा प्रति क्विन्टल ६७५–७०० रुपया छ । यो भनेको नेपाली १ हजार ८० रुपैयाँदेखि १ हजार १२० रुपैयाँ मात्रै हो । जस अनुसार प्रतिकिलो १० देखि ११ रुपैयाँ हाराहारीमै भारतमा प्याजको भाउ घटेको छ । एक वर्ष अघि सोही परिमाणको प्याजको मूल्य २ हजार ८४९ रुपया थियो भने सन् २०२१ म ३ हजार ८०१ रुपया थियो । २०२० मा समेत प्याजको भाउ अहिलेको भन्दा झन्डै तेब्बर थियो । केन्द्र सरकारले स्थिर आपूर्तिका लागि परम्परागत रुपमा प्याज खेती नहुने राज्यहरुलाई समेत प्याज खेती गर्न प्रोत्साहन गरेकोले अहिले प्याजको भाउ कम भएको अनुमान गरिएको छ । प्याजको उत्पादनमा कमी आउँदा स्थानीय स्तरमा भाउ आकाशिएर सरकारले निर्यातमा नै बन्देज लगाउनु पर्ने स्थिति आउन नदिनका लागि परम्परागत रुपमा प्याज खेती नहुने राज्यहरुलाई पनि खेती गर्न प्रेरित गरेको छ । बेमौसमी वर्षाका कारण प्याज खेतीमा क्षति पुग्दा खुद्रा बजारमा एक किलो प्याजको भाउ नै १०० रुपयामा पुगेपछि सन् २०२० र २०२१ मा भारत सरकारले प्याजको निर्यातमा रोक लगाएको थियो । देशमा प्याजको आपूर्ति धेरै बनाउन सन् २०१९ यता नै केन्द्र सरकारले प्याज खेती विस्तार गर्ने प्रयास गरिहेको छ । सरकारले उत्पादन वृद्धिका लागि मध्य प्रदेशलाई लक्षित गरेको थियो । तर उत्तर प्रदेशमा अप्रत्याशित रुपमा उत्पादन बढेको छ । गुजरातमा पनि उत्पादन राम्रो छ । यो सिजनका प्याज लामो समयसम्म नटिक्ने भएकोले पनि बजारमा माग अलि कम भएको व्यापारीहरू बताउँछन् । मलेशिया, श्रीलंका र खाडी मुलुकहरुमा प्याजको निर्यात माग कम रहँदा पनि मूल्य कम भएको हो । स्ट्यान्डर्ड आकारका भारतीय प्याज टनकै २५० देखि २६० डलर पर्ने भएपछि विदेशी बजारमा भारतीय प्याज अरुको भन्दा महँगो छ ।  २०२० र २०२१ मा भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो । अहिले बंगलादेश लगायत देशहरुले घरेलु स्तरमै उत्पादन बढाएपछि भारतीय प्याजको माग घटेको छ । तर खाडी देश, इराक र श्रीलंकाको भने माग राम्रो भएको बताइएको छ । चालू सिजनमा भारतमा प्याजको उत्पादन बढेर ३ करोड १७ लाख टन पुग्ने अनुमान छ । गएको वर्षको उत्पादन ३ करोड ११ लाख ७० हजार टन थियो । एजेन्सीको सहयोगमा

सम्बन्धित सामग्री

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं। अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारले ५ प्रतिशतभन्दा माथि आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्ने दाबि गरेका छन्। सरकारले स्वदेशमा खपत हुने अत्यावश्यक खाद्य पदार्थको लगत संकलन गर्ने भएको छ । चीनबाट आयात हुन थालेपछि प्याजको भाउ सस्तिन थाल्यो थालेको छ । नेपालको पर्यटन व्यवसाय पुरानै लयमा फर्किर्न थालेको छ । एक वर्षभित्र १० लाख बढी पर्यटक नेपाल भित्रिएका छन्।

चीनबाट आउन थालेपछि सस्तिन थाल्यो प्याज

दुई साताअघि किलोकै दुई सय रुपैयाँसम्ममा बिक्री भएको प्याजको भाउ घट्न थालेको छ । भारतले निर्यातमा बन्देज लगाएपछि केही व्यवसायीले चीनबाट आयात सुरु गरेका छन् । खुला सीमाका कारण केहीले भारतबाटै अवैध रूपमा प्याज भित्र्याएका छन् । चीन र भारतबाट भित्रिन थालेपछि प्याजको मूल्य घट्न थालेको हो ।

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं। पछिल्लो पाँच महिनामा नेपाललाई ६ खर्ब ८० अर्ब रुपैयाँ बराबर व्यापार घाटा भएको छ। मौद्रिक नीति समीक्षामा परिवर्तन भएका व्यवस्था कार्यान्वयन गर्न राष्ट्र बैंकले यस अघिको एकीकृत निर्देशन संशोधन गरेको छ। पछिल्लो ५ महिनामा विद्युतीय गाडिको आयात झण्डै ३ गुणाले बढेको छ। प्याजको भाउ किलोमा २५ रुपैयाँले घट्दै प्रतिकिलो १०५ रुपैयाँमा किनबेच भइरहेको छ।

तीन सातामै ६६ प्रतिशत बढ्यो प्याजको भाउ

काठमाडौं। काठमाडौंको बजारमा ३ साता अवधिमा प्याजको मूल्य ६६ प्रतिशतले बढेको पाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्य सूचीअनुसार पछिल्लो ३ सातामा प्याजको मूल्य उकालो लागेको हो । भारतले आफ्नो आन्तरिक बजारमा माग धान्न गाह्रो भएको भन्दै प्याज निर्यातमा कडाइ गर्दा नेपालमा मूल्य बढेको बताइएको छ । समितिको मूल्य सूचीअनुसार असोज २५ मा प्रतिकिलो ७३ रुपैयाँ ८० पैसा रहेको प्याजको थोक भाउ कात्तिक १५ गते ६६ दशमलव ६७ प्रतिशतले बढेर १ सय २३ रुपैयाँ पुगेको छ । कालीमाटी तरकारी बजारले काठमाडौं उपत्यकाको करीब ७० प्रतिशत माग धान्ने गर्छ । बाँकी ३० प्रतिशत माग बल्खु, टुकुचा, कलंकी, बालाजुलगायत बजारले धान्छन् । थोक बजारबाट खुद्रा पसलसम्म पुग्दा मूल्य किलोको १ सय ५५ रुपैयाँसम्म पुगेको पाइएको छ । कालीमाटी बजारमा आयात हुने करीब ९९ प्रतिशत प्याज भारतीय हुन्छ । केही सातादेखि भारतले आन्तरिक बजारमा प्याजको माग धान्न समस्या भएको भन्दै निर्यातमा कडाइ गर्दा त्यसको प्रत्यक्ष असर नेपाली बजारमा परेको समितिका सूचना अधिकारी विनय श्रेष्ठ बताउँछन् । उनका अनुसार पछिल्लो समय भारतबाट हुने प्याजको आयात स्वाट्टै घटेको छ । समितिको तथ्यांकअनुसार यसअघि असोज २५ मा कालीमाटी बजारमा ५६ मेट्रिक टन प्याज भित्रिएको छ । असोज १४ सम्म आइपुग्दा आयातको मात्रा ५७ प्रतिशतभन्दा धेरैले घटेर २४ मेट्रिक टनमा सीमित भएको छ । प्याजको अयात नै कम भएपछि मूल्य बढ्नु स्वाभाविक भएको श्रेष्ठ बताउँछन् । नेपालमा प्याज उत्पादन नै नहुने होइन तर स्वदेशी उत्पादनले बजार माग धान्न नसकेपछि ठूलो परिमाणमा भारतबाट आयात हुने गरेको छ । केही वर्षयता नेपालमा प्याज उत्पादनमा समेत गिरावट आएको देखिन्छ । राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ मा नेपालमा २० हजार ९ सय हेक्टर जग्गामा प्याजखेती गरिएको थियो । त्यसयताका वर्षहरूमा प्याजखेतीको क्षेत्रफल क्रमश: घट्दै गएको देखिन्छ । आव २०७६/७७ मा २० हजार ४ सय र २०७७/७८ मा २० हजार ३ सय हेक्टरमा मात्र प्याजखेती गरिएको सरकारी तथ्यांक छ । प्याजमा परनिर्भर भएकै कारण नेपालीले महँगो मूल्यमा किनेर खानुपर्ने अवस्था रहेको सरोकारवाला बताउँछन् । केन्द्रका बाली विकास अधिकृत सन्दीप सुवेदीले प्याज उत्पादन तथा प्रवर्द्धनमा सरकारले ठूला कार्यक्रम ल्याउन नसक्दा उपभोक्ताले महँगो मूल्यमा किन्नु परेको बताए । उनका अनुसार प्याजका लागि नेपाली उपभोक्ताले भारतकै भर पर्नुपर्ने अवस्था आउनुमा सरकारले ठूला कार्यक्रम ल्याउन नसक्नु एउटा र किसान आफैले उत्पादन गर्न पनि गुणस्तरीय बीउ उपलब्ध नहुनु अर्को कारण हो । मुलुकलाई प्याजमा आत्मनिर्भर बनाउने उद्देश्यले सरकारले आव २०६४/६५ मा ५० करोड रुपैयाँ लगानीमा झापा, सिराहा, सप्तरी, धनुषा, बारा, पर्सा, रुपन्देही, बाँकेलगायत जिल्लामा प्याज मिसन कार्यक्रम सञ्चालन गरेको थियो । तर, उक्त कार्यक्रम सफल हुन सकेन । सरकारले घोषणा मात्र गर्ने, कार्यक्रम कसरी चलिरहेको भनेर अनुगमन नगर्ने वा देखिएका समस्या समाधानमा चासो नदिने गर्दा प्याज मिशन कार्यक्रम असफल भएको किसानको भनाइ छ ।

आयातसँगै घट्यो प्याजको भाउ

मुलुकमा प्याज आयात हुन थालेसँगै भाउ ह्वात्तै घटेर त्यसको सकारात्मक प्रभाव देशकै ठुलो तरकारी बजार कालीमाटीमा देखिएको छ । तरकारी आयातमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागेको भनेर प्याज आयात गर्न छोडेका व्यवसायीले आयात गर्न थालेसँगै मूल्य घटेको हो ।

१३ प्रतिशत भ्याटको असर : महँगियो तरकारी, फलफूल

काठमाडौं । सरकारले बजेटमार्फत तरकारी, फलफूलजस्ता दैनिक उपभोग्य वस्तुुको आयातमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएसँगै त्यस्ता वस्तु आयात गर्न व्यवसायीले आनाकानी गर्न थालेका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटमार्फत यसअघि दिइएको छूट खारेज गरी त्यस्ता वस्तुमा १३ प्रतिशत भ्याट लगाउने नीति लिएका छन् । यसले प्याज, आलु, लसुन, केराउ, फ्रोजन सागपात, कोसे तरकारी, केराउ (छोडाएको वा नछोडाएको), बोडी (सिमी), पालुंगो, न्यूजील्यान्ड पालुंगोसमेत, गुलियो वा स्वादिलो मकै, अन्य सागपात र मिश्रित सागपात, एभोकाडो, स्याउ, श्रीफल (क्विन्स), खुर्पानी (एप्रिकोट), अमिलो चेरी, अन्य स्ट्रबेरी, रेस्पबेरी र क्रेनबेरी, बिलबेरी, किवी फ्रुट, हलुवाबेदलगायत फलफूलमा मूल्य अभिवृद्धि कर लागेको छ । कपास, ऊन, फ्रोजन, खसीबोका, भेडा, चौपाया, कुखुरा, टर्की र हाँसको मासुमा पनि उक्त कर लगाइएको छ ।  कर बढेसँगै भाउ पनि उकालो लाग्न थालेको छ । बजेटअघि ४० रुपैयाँ किलोको प्याज अहिले ६० रुपैयाँ पुगेको छ । २८० देखि ३०० रुपैयाँ पर्ने स्याउको मूल्य ३५० देखि ४०० रुपैयाँ पुगेको व्यापारीले बताएका छन् । कालीमाटी फलफूल तथा तरकारी बजारमा गएको ५ दिनदेखि देशबाहिरको तरकारी आएको छैन । संवेदनशील वस्तुमा भ्याट फिर्ता लिनुपर्ने माग गर्दै कालीमाटीका थोक व्यापारीले आलु, प्याजलगायत तरकारी ल्याएका छैनन् । आलुमा व्यापारीले प्रतिकेजी ४ रुपैयाँ भन्सार तिर्दै आएका थिए । त्यसमा १३ प्रतिशत मूल्य अभिवृद्धिकर थपिएको छ । प्याजमा प्रतिकेजी ६ रुपैयाँ भन्सार तिर्दै आएको र अग्रिम बुकिङमार्फत ५ प्रतिशत कर तिर्ने गरेकोमा भ्याट थपिएपछि प्याजको भाउ पनि बढेको छ ।  व्यापारीले कुहिने सामानमा भ्याट हिसाब गर्न नसकिने भन्दै आयात नै नगर्ने बताएका छन् । व्यापारी सुरेन्द्र श्रेष्ठका अनुसार यस्ता वस्तुमा भन्सार छूट हुनुपर्छ । तरकारी फलफूलमा लगाएको मूल्य अभिवृद्धिकर फिर्ता नभएसम्म आयात गर्ने अवस्था छैन । बजेट सार्वजनिक भएको भोलिपल्टबाटै बाहिरी मुलुकबाट तरकारी आयात गर्न व्यापारीले नमानेको श्रेष्ठको भनाइ छ । नेपालमा वार्षिक ४० अर्बको तरकारी र २२ अर्ब रुपैयाँको फलफूल आयात हुने गरेको छ । सरकारले आयात प्रतिस्थापन गर्ने नीति लिए पनि पूर्वतयारी गरेको छैन । आन्तरिक उत्पादनले धान्न नसकेको अवस्थामा कृषिजन्य उपजमा मूल्य अभिवृद्धिकर लगाउँदा उपभोक्ताको ढाड सेक्ने काम मात्र भएको जानकारहरूको भनाइ छ । उनीहरूका अनुसार राजस्व बढाउने नीति लिएर सरकारले तरकारी र फलफूलमा कर लगाएपछि त्यसको असर उपभोक्ताको भान्छामै परेको छ ।  अर्थ मन्त्रालयका अनुसार त्यस्ता वस्तुमा भ्याट लगाउने घोषणा भए पनि सबै वस्तुको न्यूनतम सीमा निर्धारण गरिएको छ । अर्थका अनुसार ५० लाख रुपैयाँभन्दा बढीको आयातमा मूल्य अभिवृद्धिकर लगाएको हो, उक्त सीमाभन्दा कम आयात गर्नेले भ्याट तिर्नु पर्दैन । सरकारले भ्याट नियमावली, २०५३ अनुसार वस्तुको हकमा ५० लाख रुपैयाँसम्म र सेवाको हकमा २० लाख रुपैयाँ मूल्य अभिवृद्धिकरको सीमा तोकिएको अर्थ मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

चाडपर्वमा प्याज सधैं महँगो

काठमाडौं । भान्साका लागि अत्यावश्यक वस्तु प्याजको मूल्य चाडपर्व नजिकिएसँगै सधैं महँगिने गर्छ । यस वर्ष फेरि चाडपर्वको समयमा प्याजको मूल्य उकालो लागेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्यसूचीअनुसार यतिबेला प्याजको मूल्य १ महीनाको अवधिमा प्रतिकिलो १२ रुपैयाँले बढेर थोक बजारमै प्रतिकिलो ६० रुपैयाँ पुगेको छ । यसअघि भदौ १७ गते प्याजको थोक मूल्य प्रतिकिलो ४८ रुपैयाँ रहेको थियो । हरेक वर्ष चाडपर्व नजिकिएसँगै प्याजको मूल्य महँगिएको देखिन्छ । २०७६ भदौ १३ गते थोक मूल्य प्रतिकिलो ६० रुपैयाँ रहेको प्याजको मूल्य दशैंतिहार शुरू भएसँगै ३८ रुपैयाँले बढेर सोही वर्ष असोज ९ गते प्रतिकिलो १ सय रुपैयाँ पुगेको थियो । २०७७ भदौमा भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि आकाशिएको प्याजको भाउ दशैंतिहार नसकिएसम्म ओरालो लागेन । प्रतिबन्धका कारण थोक बजारमै १ सय ८० रुपैयाँ किलो सम्म पुगेको प्याजको मूल्य गतवर्षको तिहारमा १ सय ३० रुपैयाँ रहेको थियो । तिहार सकिएसँगै प्याजको मूल्य पनि विस्तारै आरोला लाग्दै गयो । यस वर्ष गत वैशाखदेखि विस्तारै उकालो लागेको प्याजको मूल्य यस वर्षकै सबैभन्दा महँगो भएको छ । गत वैशाख १४ गते थोक बजारमा ५३ रुपैयाँ किलो रहेको प्याजको मूल्य त्यसयता निरन्तर बढेर सावन १४ मा ४५ रुपैयाँ, असोज १४ मा ५३ रुपैयाँ हुँदै अहिले ६० रुपैयाँ पुगेको छ । थोक बजाारमै महँगिएको प्याजको खुद्रा मूल्य भने प्रतिकिलो ९० रुपैयाँसम्म पुगेको छ । व्यापारीहरूले प्याजको मूल्य महँगो हुनुमा भारतिय बजारलाई कारण देखाएका छन् । भारतीय बजारमा प्याजको मूल्य आकाशिएपछि त्यसको असर नेपाली बजार सम्म परेको उनीहरूको भनाइ छ । कालीमाटी फलफूल तथा तरकारी बजार व्यवसायी समितिका अध्यक्ष गीताप्रसाद आर्चायले यति बेला प्याजको अफ सिजन भएकाले भारतीय बजारमा एकाएक यसको मूल्य बढ्दा त्यसको असर नेपाली बजारमा परेको बताए । ‘भारतबाट प्याजको आयात घटेपछि यहाँ मूल्य बढेको हो । अब प्याजको नयाँ सिजन शुरू भएपछि मात्र मूल्य घट्ने सम्भावना छ, ’ उनले आर्थिक अभियान दैनिकसँग भने । हरेक दिन भारतबाट नेपालमा करीब १ सय टन प्याज आयात हुन्छ भने वार्षिक २ अर्व रुपैयाँभन्दा बढी मूल्यको प्याज भारतबाट नेपालमा आयात हुने सरकारी तथ्यांक छ । नेपालमा वार्षिक करीब ३ लाख टन प्याज उत्पादन हुन्छ भने खपत ४ लाख टन हुने गरेको छ ।

प्याजले उपभोक्तालाई फेरि रुवाउन सक्छ

काठमाडौँ - प्याजको भाउले फेरि एक उपभोक्तालाई रुवाउने जोखिम बढेको छ । नेपाली तरकारी बजारमा पाइने सुकेको प्याज ठूलो संख्यामा भारतबाट आयात हुने गरेको छ । भारतमा प्याज महँगो हुने अनुमान गरिएको छ । प्याजको भाउ बढ्ने प्रमुख कारण हुनसक्छ, मानसुन । मनसुनका कारण प्याजको बाली तयार हुन समय लागिरहेको भारतीय सञ्‍चारमाध्यमहरूल…

प्याजले उपभोक्तालाई फेरि रुवाउन सक्छ

काठमाडौँ - प्याजको भाउले फेरि एकपटक उपभोक्तालाई रुवाउने जोखिम बढेको छ । नेपाली तरकारी बजारमा पाइने सुकेको प्याज ठूलो संख्यामा भारतबाट आयात हुने गरेको छ । भारतमा प्याज महँगो हुने अनुमान गरिएको छ । प्याजको भाउ बढ्ने प्रमुख कारण हुनसक्छ, मानसुन । मनसुनका कारण प्याजको बाली तयार हुन समय लागिरहेको भारतीय सञ्‍चारम…

प्याजले उपभोक्तालाई फेरि रुवाउन सक्छ

काठमाडौँ - प्याजको भाउले फेरि एकपटक उपभोक्तालाई रुवाउने जोखिम बढेको छ । नेपाली तरकारी बजारमा पाइने सुकेको प्याज ठूलो संख्यामा भारतबाट आयात हुने गरेको छ । भारतमा प्याज महँगो हुने अनुमान गरिएको छ । प्याजको भाउ बढ्ने प्रमुख कारण हुनसक्छ, मानसुन । मनसुनका कारण प्याजको बाली तयार हुन समय लागिरहेको भारतीय सञ्‍चारम…