ललितपुरमा ९ स्थानका लागि १३६ जनाको उम्मेदवारी

ललितपुर : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि आइतबार ललितपुरमा १३६ जनाले उम्मेदवारी दिएका छन्।तीन निर्वाचन क्षेत्र र ६ प्रदेशसभामा गठबन्धनका नेपाली कांग्रेस र माओवादी केन्द्रसहित प्रतिपक्षी दल एमालसँगै राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी, केही स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गरेको सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभामा २१ , प्रदेशसभा क मा १३ र प्रदेशसभा खमा १५ जनाले मनोनयन दर्ता गरेको निर्वाचन अधिकृत बालकृष्ण निरौ