जुम्लामा स्याउ सुपरजोन सञ्चालन समन्वय समिति पुनर्गठन, संयोजकमा युवा किसान

जुम्ला – जुम्लामा स्याउ सुपरजोन जिल्ला समन्वय समितिको पुनर्गठन गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण स्याउ सुपरजोन कार्यालय जुम्ला अन्तर्गत सूुपरजोन सञ्चालन भइरहेका चार वटा पालिका चन्दननाथ, तातोपानी, गुठीचौर र पातारासीका किसानहरू उपस्थित कार्यक्रमबाट युवा किसान सरोज शाहीलाई संयोजकमा चयन गरिएको हो ।   संयोजकमा शाहीसहित नाै सदस्यीय जिल्ला समन्वय समिति गठन गरिएको छ । सदस्यहरूमा बलबहादुर खत्री, कमलराज गिरी, लक्ष्यबहादुर बुढा, कालीबहादुर रावत, धनलक्ष्मी देवकोटा, टीकालक्ष्मी न्यौपाने, रेवती रावल, बलबहादुर भण्डारी...

सम्बन्धित सामग्री

स्याउ टिप्न सुरु

जुम्लामा स्याउ पाक्न थालेपछि किसानले टिप्न सुरु गरेका छन् । साउनको अन्तिम हप्तादेखि नै किसानले आफ्नो बगैँचाको स्याउ टिप्न सुरु गरेका हुन् । बगैँचामै स्याउ व्यापारीसँग समन्वय गरेर किसानले स्याउ टिप्न सुरु गरेका हुन् । जिल्लाको तिला गाउँपालिकाबाट किसानले स्याउ टिप्न थालेका छन् । तिला गाउँपालिकाको नदी क्षेत्रको स्याउ बगैँचाबाट टिप्न सुरु भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण स्याउ सुपरजोन कार्यालयले जनाएको छ ।

जुम्लाका ८ ओटै स्थानीय तहमा स्याउ सुपरजोन कार्यक्रम सञ्चालन

माघ ६, जुम्ला । जुम्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरणको परियोजना लागू भएको पाँच वर्र्षपछि यहाँका ८ ओटै स्थानीय तहमा स्याउ सुपरजोन कार्यक्रम सञ्चालन हुने भएको छ ।  परियोजना एकाइ जुम्लाका निमित्त कार्यालय प्रमुख गंगा पोख्रेलका अनुसार पहिले चार स्थानीय तहमा कार्यक्रम सञ्चालन भएको थियो ।  यहाँको चन्दननाथ नगरपालिका सहित तातोपानी, गुठीचौर र पातारासी गाउँपालिकामा सञ्चालन भइरहेको थियो । अब सिजा हिमा, कनकासुन्दरी र तिला गाउँपालिकामा कार्यक्रम लागू हुने भएको छ । विस्तार गर्न बाँकी वडा पातारासीका १, २, ३ र गुठीचौरका १ र २ वडामा लागू हुनका लागि पत्र प्राप्त भएको छ ।  परियोजना कार्यान्वयन एकाइ खुमलाटारका निर्देशक वैकुण्ठ अधिकारीको हस्ताक्षरित पत्र कार्यालयमा पुगेको निमित्त कार्यालय प्रमुख पोख्रेलले बताए । पत्रानुसार जुम्ला जिल्लामा सञ्चालित स्याउ सुपरजोन क्षेत्र विस्तारको लागि परियोजना कार्यदलको पत्र तथा जिल्ला परियोजना कार्यान्वयन तथा तथा अनुगमन समितिको सिफारिसअनुसार परियोजना व्यवस्थापन एकाइको निर्णयअनुसार स्याउ सुपरजोन थप क्षेत्र थप गरिएका हुन् ।  परियोजना निर्देशक अधिकारीले स्थानीय स्तरबाट आएको माग र प्राविधिक प्रतिवेदनको आधारमा जुम्लाका तिला, हिमा, सिंजा, कनकासुन्दरीसहितका छुटेका क्षेत्रमा कार्यक्रम थप गर्ने काम भएको जानकारी दिए । ढिला निर्णय भएकाले कार्यक्रम भने केही क्रियाकलापबाहेक अर्को आर्थिक वर्र्षबाट पूर्णरुपमा कार्यक्रम लागू हुने उनले बताए । परियोजनाको सोच कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित आधुनिक, व्यावसायिक, दिगो एवम् आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्ने रहेको छ ।  सोहीअनुसार जुम्लामा स्याउ सुपरजोन परियोजना कार्यान्वयन एकाइ स्थापना गरि काम भइरहेको कार्यालयले जानकारी दिएको छ ।  कार्यालयका अनुसार तिला गाउँपालिकामा भने सिमी जोन कार्यक्रम लागूसमेत गरिएको छ । सिमीको उत्पादन वृद्धि तथा बजारीकरणका लागि कार्यक्रम सो गाउँपालिकाको वडा नम्बर १ र २ मा कार्यक्रम लागू गरिएको हो ।  सुपरजोन स्थापना भएपछि कृषि प्रविधि, हाइटेक नर्सरी, घेरवार, सिँचाइ, बिरुवा अनुदानलगायतका काम भइरहेको कार्यालयले जानकारी दिएको छ । रासस