लुम्बिनी प्रदेशमा मन्त्री हेरफेरको सम्भावना कति ?

मन्त्रीले हट्न नमानेपछि लुम्बिनी प्रदेशमा मन्त्री फेरबदलको सम्भावना कमजोर बनेको छ । काँग्रेसबाट मन्त्री बनेकाहरूले आफूहरूलाई नहटाउन पार्टीको केन्द्रीय नेतृत्वलाई दवाव दिन थालेका छन् ।काँग्रेसबाट मन्त्री भएकालाई माओवादी मन्त्रीले समेत सरकार नछाड्न दवाव दिएको सरकारमा सहभागी एक मन्त्रीले जानकारी दिए । ‘काँग्रेस मन्त्रीले छाड्दा आफूहरु पनि हट्नुपर्ने डरले सरकार नछाड्न दवाव दिइरहेका छन्, पार्टी नेतृत्वसँग सल्लाह नगरी हामी पनि मन्त्रीबाट हट्ने कुरा आउँदैन,’ ती मन्त्रीले भने ।गठबन्धन सरकार

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशका महिला कर्मचारीलाई महिनावारी बिदा

२७ मंसिर, दाङ । लुम्बिनी प्रदेशमा महिला कर्मचारीलाई महिनावारी हुँदा विदा दिइने भएको छ । २२ भदौमा प्रदेशसभाबाट पारित भएको प्रदेश निजामती सेवासम्बन्धी विधेयक प्रदेश प्रमुख अमिक शेरचनले २१ मंसिरमा प्रमाणीकरण गरेका छन् । उक्त ऐनको दफा ११७ को (१) (ग) मा ‘महिनावारी बिदा’ को व्यवस्था उल्लेख छ । कति दिन बिदा दिने भन्नेबारे नियमावलीमा […]

प्रत्यक्षतर्फ प्रदेशमा कुन दलकाे कति सिट ?

प्रदेशसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस चार र नेकपा एमाले दुई प्रदेशमा ठूलो दल बनेको छ। मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा कांग्रेस पहिलो पार्टी बन्दा एमाले प्रदेश नं १ र लुम्बिनी प्रदेशमा पहिलो बनेको छ।...

लुम्बिनीमा ५ दलको कार्यदलले टुंग्याउन सकेन भागबण्डा

६ वैशाख, बुटवल । लुम्बिनी प्रदेशमा पाँच दलीय सत्ता गठबन्धनले मंगलबार पनि भागबण्डाको टुंगो लगाउन सकेको छैन । पालिकाको नेतृत्व बाँडफाँट टुंग्याउन बसेको कार्यदलको बैठकमा कुन दललाई कति पालिका दिने भन्ने बिषयमा दलहरुले आआफ्ना अडान नछाडेपछि वैठक निष्कर्षमा पुग्न नसकेको हो । यसअघि सोमबार बसेको वैठकमा मंगलबार साँझसम्म भागबण्डाको टुंगो लगाउने समझदारी भएको थियो । […]

लुम्बिनीमा गठबन्धन भर्सेस एमाले : कसको कति सिट जित्ने दाबी ?

लुम्बिनी प्रदेशमा  गठबन्धन दल र विपक्षी एमालेले स्थानीय तह निर्वाचनमा आफूले नै बढी सिट जित्ने दावी गरेका छन् । उनीहरुले आफ्नो  पुरानो  मत र पार्टीका एजेन्डाका आधारमा लुम्बिनी प्रदेश रहेको १०९ सिटमध्ये आ–आफ्नो दावी गरेका हुन् । रिपोर्टर्स क्लब लुम्बिनी प्रदेश बुटवलले सोमबार आयोजना गरेको कार्यक्रमा नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरबहादुर पुनले गठबन्धन दलभित्र पार्टीहरुले आ–आफ्नो मताधारको अवस्थाबारे संकलन गरिरहेको र त्यसैका आधारमा उम्मेदवारी दिने बताए ।लुम

लुम्बिनी अपडेट :  १०८६ मत गन्दा पुनको अग्रता कायमै, शाहले कति मत पाए ?

नेपाली काँग्रेस लुम्बिनी प्रदेशमा पौडेल समूहका अमरसिंह पुनको अग्रता कायमै छ । राती साढे ११ बजेसम्म १ हजार ८६ मत गणना हुँदा पुनले ९२ मतले अग्रता लिएका छन्। उनले शुरुदेखि अग्रता लिँदै आएका छन् ।सभापति पदका उम्मेदवार पुनले ५४९ मत र देउवा समूहका उम्मेदवार भरतकुमार शाहले ४५७ मत प्राप्त गरेका छन्।  पदाधिकारी तथा सदस्य सबै पदमा पुन प्यानलकै उम्मेदवारले अग्रता लिएका छन् ।  यहि रफ्तारमा गणना हुने र अन्य समस्या नआए सोमबार बिहान ८–९ बजे सम्ममा परिणाम आउनसक्ने प्रमुख निर्वाचन अधिकृत डा.

कुन प्रदेशमा कति थपिए संक्रमित?

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आज सबैभन्दा धेरै बागमती प्रदेशमा १ हजार २३१ जनामा कोरोना संक्रमित थपिएका छन्। त्यस्तै, प्रदेश १ मा ४१३ जना, प्रदेश २ मा ११ जना, गण्डकी प्रदेशमा २७८ जना, लुम्बिनी प्रदेशमा १४६ जना, कर्णाली प्रदेशमा ४० जना र सुदूरपश्चिम प्रदेशमा ८ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।

कुन प्रदेशमा कति छन् होम आइसोलेसनमा?

काठमाडौँ। आज देशभर कोरोनाभाइरसबाट सक्रिय सङ्क्रमितको सङ्ख्या घटेर १,०१,८३९ पुग्दा देशभर ९४,९०९ जना होम आइसोलेसनमा रहेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअनुसार सबैभन्दा बढी ३७,९२६ जना बागमतीमा र त्यसपछि १५,८३५ जना लुम्बिनी प्रदेशमा छन्। त्यस्तै, प्रदेश १ मा १२,४५८, प्रदेश २ मा ७,३०३, गण्डकी प्रदेशमा १०,६९२, कर्णाली प्रदेशमा ३,८३१ र सुदूरपश्चिममा ६,८६५ जना होम आइसोलेसनमा रहेका छन्।

कुन प्रदेशमा कति छन् होम आइसोलेसनमा?

काठमाडौँ। आज देशभर कोरोनाभाइरसबाट सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख नाघ्दा देशभर ९४,३४३ जना होम आइसोलेसनमा रहेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअनुसार सबैभन्दा बढी ४८,०९२ जना बागमतीमा र त्यसपछि १९,४३४ जना लुम्बिनी प्रदेशमा छन्। त्यस्तै, प्रदेश १ मा ७,३८९, प्रदेश २ मा ५,३००, गण्डकी प्रदेशका ६,६८९, कर्णाली प्रदेशमा २,९६० र सुदूरपश्चिममा ४,४७९ जना होम आइसोलेसनमा रहेका छन्।

लुम्बिनी प्रदेशमा कति स्वास्थ्यकर्मी संक्रमित? यस्तो छ १२ वटै जिल्लाको विवरण

कोरोनाको दोस्रो लहरका क्रममा सबैभन्दा धेरै कपिलवस्तुका स्वास्थ्यकर्मी संक्रमित भएका छन्। कपिलवस्तुमा हालसम्म ८८ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन्।

देशभर एम्बुलेन्सको संख्या कति छ?

काठमाडौं। कोरोना सङ्क्रमितको संख्या ह्वात्तै बढेको बेला विरामीलाई घरबाट अस्पताल पुर्‍याउने एम्बुलेन्सको संख्या देशभर कति छ त? संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाअनुसार देशभर २ हजार ८३ वटा एम्बुलेन्स छन्। प्रदेश १ मा ४६९, प्रदेश २ मा ३६८, बागमती प्रदेशमा ४२८, गण्डकी प्रदेशमा २१७, लुम्बिनी प्रदेशमा ३७९, कर्णाली प्रदेशमा ७८ र सुदुरपश्चिम प्रदेशमा १४४ वटा एम्बुलेन्स रहेका छन्।