साफ महिला च्याम्पियनशिपमा भारतले पाकिस्तानलाई हरायो

काठमाण्डाै – साफ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिता अन्तर्गत आज बुधवार भएको पहिलो खेलमा भारतले पाकिस्तानलाई हराएको छ ।  दशरथ रङ्गशालामा भएको खेलमा भारतले पाकिस्तानलाई तीन–शून्य गोलले हरायो । जितसँगै भारतले तीन अङ्क जोडेको छ । आजै बेलुका साढे ५ बजे बङ्गलादेश र माल्दिभ्सको खेल हुनेछ ।  प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । हिजो मङ्गलवारदेखि काठमाण्डौमा सुरु भएको प्रतियोगितामा नेपालले उद्घाटन खेलमा भुटानलाई चार–शून्य गोलले हराउँदै विजयी सुरुवात गरेको हो ।  प्रतियो...