अमेरिकी सर्वोच्च अदालतले पहिलो अश्वेत महिला न्यायाधीश पाउने : बाइडेन

वासिङटन : अमेरिकाको सर्वोच्च अदालतमा पहिलोपटक अश्वेत महिला न्यायाधीश बन्ने भएकी छन्।अमेरिकी राष्ट्रपति जो बाइडेनले फेब्रुअरीको अन्त्यसम्म अमेरिकी सर्वोच्च अदालतमा पहिलो अश्वेत महिला न्यायाधीश नियुक्त गर्ने बिहीबार बताएका हुन्।ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा बाइडेनले यस्तो घोषणा गरेका हुन्। बाइडेनले सेवानिवृत्त हुन लागेका ८३ वर्षीय न्यायाधीश स्टिफन ब्रेयरको प्रशंसा गरे र उनका ठाउँमा नयाँ न्यायाधीशको खोजी सुरु गरिएको खुलासा गरे।बाइडेनले ब्रेयरका स्थानमा योग्य व्यक्तिलाई न्यायाधीशको रूपमा