काठमाण्डाै - काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ।
ताजा मत परिणाम अनुसार बालेन शाहले ९ हजार ६ सय १४ मत पाउनु भएको छ । उहाँ एमालेका मेयर उम्मेदरवार केशव स्थापित भन्दा झन्डै साढे चार हजार मतले अगाडि हुनुहुन्छ ।
स्थापितले अहिलेसम्म ५ हजार १ सय ५७ मत प्राप्त गर्नु भएको छ । नेपाली कांग्रेसकी सिर्जना सिंहले ४ हजार ४ सय ७७ मत प्राप्त गर्नु भएको छ ।
उपमेयरमा एमालेकी सुनिता डङ्गोलको अग्रता कायमै छ।