काठमाडौं महानगरको मिठाइ पसल, भान्छा घर र रेष्टुरेन्ट अनुगमन

काठमाडौंको नयाँ बानेश्वर क्षेत्रका मिठाई पसल, रेष्टुरेन्ट तथा थकाली खाना घरहरुको भान्छामा स्वच्छता र सफाईको समस्या देखिएको छ ।

सम्बन्धित सामग्री

वीरगञ्जका होटलमा खाद्य स्वच्छता अभियान, अनुगमनका लागि समिति गठन

पुस १५, वीरगञ्ज । वीरगञ्जका होटलहरूको स्तरीकरण गरिने भएको छ ।  स्थानीय होटल तथा रेष्टुरेन्टहरूमा खाद्य स्वच्छता तथा गुणस्तर कायम गरी त्यसको स्तरको आधारमा लोगो प्रदान गर्न लागिएको हो ।  खाद्य प्रविधि तथा  गुण नियन्त्रण डिभिजन कार्यालय जनकपुरले विहीबार वीरगञ्जमा यसबारेमा होटल सञ्चालकहरुसँग अन्तरक्रिया गरेको छ । होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जसँगको सहकार्यमा भएको कार्यक्रममा स्थानीय होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस, मिठाइ पसल सञ्चालकको सहभागिता थियो ।  सहभागी सञ्चालकलाई खाद्य स्वच्छता, गुणस्तर र यसका आधारमा होटलको स्तरीकरणबारेमा जानकारी दिइएको डिभिजन कार्यालयका अधिकृत रत्नकान्त झाले बताए । होटल तथा रेष्टुरेन्टमा खाद्य स्वच्छताको आवश्यकता र यसका उपायबारे सञ्चालकहरूलाई जानकारी दिइएको थियो ।  वीरगञ्जका होटल तथा रेष्टुरेन्टका ५२ जना सञ्चालको सहभागिता रहेको थियो । कार्यक्रममा स्वच्छताका बारेमा जानकारी दिइएको र पालना भए/ नभएको अनुगमन गरेर होटलहरूलाई स्तरअनुसार लोगो प्रदान गरिने खाद्य प्राविधि तथा  गुण नियन्त्रण कार्यालय वीरगञ्जका प्रमुख बिक्की राउतले जानकारी दिए ।  होटलमा खाद्य स्वच्छता कायम गर्न १० दिनको समय दिइएको छ । स्वच्छताको अवस्थाबारे अनुगमन र लोगो बितरणका लागि सात सदस्यीय समितिसमेत गठन भएको छ । होटल  तथा  पर्यटन व्यासायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले अनुगमनको क्रममा केही अनावश्यक निर्देशन पनि दिने गरेको गुनासो गरे । होटलमा खाद्य स्वच्छता र त्यसका आधारमा हुने स्तरीकणको पहल सकारात्मक भएको पनि पन्तले बताए । यसैबीच होटल तथा पर्यटन व्यवसायी संघले पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल र प्रहरी उपरीक्षक  रमेश बस्नेतलाई स्वागतसमेत गरेको छ ।