‘ग्रेसफुल एक्जिट’को प्रस्तावबाट पछि हटे प्रधानन्यायाधीश, न्यायालयको अन्योल लम्बिने संकेत

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा आफैँले राखेको ‘ग्रेसफुल एक्जिट’ को प्रस्तावबाट पछि हटेका छन् । यही कात्तिक ८ गतेदेखि इजलास छोडेका न्यायाधीशहरूसमक्ष प्रधानन्यायाधीश स्वयम्ले ‘ग्रेसफुल एक्जिट’ अर्थात् सम्मानजनक बहिर्गमनको प्रस्ताव राखेका थिए । त्यसपछि न्यायाधीशहरूले संवादहिनता तोड्दै बन्दी प्रत्यक्षीकरणका मुद्दा हेर्नेगरी सोमबारदेखि इजलास फर्किएका थिए । प्रधानन्यायाधीशले राखेको प्रस्ताव ठोस रूपमा...