पेगम्बर मोहम्मदको विवादित कार्टुन बनाउने लार्सको सडक दुर्घटनामा मृत्यु

 स्वीडेनका कलाकार लार्स विल्क्सको सडक दुर्घटनामा मृत्यु भएको छ । उनी एक विवादित कार्टुनका लागि संसारभरी चर्चामा आएका थिए । उक्त कार्टुनमा उनले एउटा कुकुरको शरीर बनाएका थिए र त्यसमा पेगम्बर मोहम्म्दको टाउको राखिदिएका थिए । दुर्घटनासँग सम्बन्धित रिपोर्टका अनुसार विल्क्स एक प्रहरीको गाडीमा सवार थिए  । उक्त गाडी स्वीडेनको मारकरद शहरमा एउटा ट्रकसँग ठोक्किएको थियो ।उक्त दुर्घटनामा दुई प्रहरी अधिकारीको पनि निधन भएको छ । यस्तै, ट्रकका चालक पनि घाइते भएका छन् । विल्क्स ७५ वर्षका थिए ।