निःशुल्क अल्ट्रासाउन्ड सेवा शुचारू

लमजुङ । मध्यनेपाल नगरपालिकाले निःशुल्क अल्ट्रा साउन्ड सेवा शुरु गरेको छ । गाउँमै सहज रूपमा गर्भवती महिलालाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नगरपालिकाले आमा सुरक्षा कार्यक्रमअन्तर्गत निःशुल्क अल्ट्रासाउन्ड सेवा शुरु गरेको हो । नगरपालिकाले वडा नं. ६ को भोर्लेटार स्वास्थ्य चौकीबाट अल्ट्रासाउन्ड सेवा शुरु गरेको छ । ग्रामीण क्षेत्रमा रहेका गर्भवती महिलाको स्वास्थ्यलाई मध्यनजर गरी […]

सम्बन्धित सामग्री

विशेषज्ञ वडा क्लिनिकबाट २६३ ले लिए उपचार सेवा

धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको विशेषज्ञ वडा क्लिनिकअन्तर्गत धनगढी–७ बेली सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा दुई सय ६३ ले उपचार सेवा लिएका छन् । बुधबारको क्लिनिकमा जनरल फिजिसियनको दुई सय र स्त्री तथा प्रसूति रोग विशेषज्ञको ६३ जनाले उपचार सेवा लिएको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।त्यसैगरी प्रयोगशाला सेवा लिनेको सङ्ख्या ४८ र अल्ट्रासाउन्ड सेवा लिनेको सङ्ख्या सात छ । उपमहानगरपालिकाले साउन १ गतेबाट विशेषज्ञ वडा क्लिनिक सञ्चालनमा ल्याएको थियो । जसअन्तर्गत बिरामीलाई वडामै निःशुल्क स्वास्

धमाधम निर्णय गर्दै पालिका

कञ्चनपुरको महाकालीपारिको दोधारा चाँदनी नगरपालिकाको पहिलो कार्यपालिका बैठकले सुत्केरीलाई निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने र वडा वडामा घुम्ती अल्ट्रासाउन्ड सेवा पनि सुचारु गर्ने निर्णय भएको छ । जनप्रतिनिधिहरू निर्वाचित भएपछि जेठ १३ मा पहिलो कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो ।

धमाधम निर्णय गर्दै पालिका

कञ्चनपुरको महाकालीपारिको दोधारा चाँदनी नगरपालिकाको पहिलो कार्यपालिका बैठकले सुत्केरीलाई निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने र वडा वडामा घुम्ती अल्ट्रासाउन्ड सेवा पनि सुचारु गर्ने निर्णय भएको छ । जनप्रतिनिधिहरू निर्वाचित भएपछि जेठ १३ मा पहिलो कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो ।

वात्सल्य पाँचौँ वर्षमा प्रवेश

काठमाडौं । वात्सल्य आफ्नो सेवाको पाँचौँ वर्षमा प्रवेश गरेको छ । कृष्ण जन्माष्टमीको दिनबाट सेवा प्रवाहको चार वर्ष पूरा गरी पाँचौँ वर्षमा प्रवेश गरेको अवसरमा वात्सल्यले भदौ मसान्तसम्म प्रजनन जाँचका लागि आउने दम्पतीका लागि निःशुल्क बाह्य सेवा (ओपीडी) र अल्ट्रासाउन्ड सेवा उपलब्ध गराउने भएको छ । सन्तान प्राप्त गर्न कोसिस गरिरहेका तर...

निःशुल्क अल्ट्रासाउन्ड सेवा

बारेकोट गाउँपालिकाले यस पालिकाभित्रका गर्भवती महिलालाई निःशुल्क रूपमा अल्ट्रासाउन्ड सेवा सुरु गरेको छ। आर्थिक अभावका कारण अल्ट्रासाउन्ड सेवा नपाएका महिलालाई गाउँपालिकाले निःशुल्क सेवा प्रदान गरेको हो। गाउँपालिकाको स्वास्थ्य तथा सरसफाइ शाखा प्रमुख रामबहादुर रोकायले महिलाको स्वास्थ्य तथा आर्थिक अवस्था हेरी निःशुल्क अल्ट्रासाउन्ड सेवा दिन थालेको बताउनुभयो।

दुर्गममा शिविर सञ्चालन

जिल्ला अस्पताल बैतडीले पञ्चेश्वर र शिवनाथ गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। शिविरमा एक हजारभन्दा बढीको स्वास्थ्य जाँच गरिएको छ। गाउँघरमा चिकित्सक कार्यक्रमअन्तर्गत बालरोग विशेषज्ञ, स्त्रीरोग विशेषज्ञ, अल्ट्रासाउन्ड सेवा, हाडजोर्नी विशेषज्ञ, नाक, कान र घाँटीरोग विशेषज्ञ र अपाङ्ग पहिचानजस्ता शिविर सञ्चालन भइरहेका छन्। जिल्ला अस्पताल बैतडीका प्रमुख डा. दिपेश श्रेष्ठका अनुसार शिवनाथ गाउँपालिकामा अपाङ्गता पहिचान शिविर राख्दा १५५ जना अपाङ्गता भएका व्यक्तिले स्वास्थ्य परीक्षण गराएका छन्। तीमध्ये १९ जनाले पूर्ण अशक्तताको अपाङ्ग परिचयपत्र पाएका छन्।