छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। निर्वाचन कार्यालयले स्वतन्त्र उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान गरेको छ। बागी उम्मेदवार र तिनका प्रस्तावक र समर्थकलाई कांग्रेसले ५ वर्ष निस्कासन गरेको छ। रुपन्देही क्षेत्र नं २ का एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज भएको छ। अन्तिम समयमा तालमेलका लागि एमालेका चार उम्मेदवारको उम्मेदवारी फिर्ता लिएको छ। स्थानीय तहका जनप्रतिनिधिले चुनाव प्रचार गर्नेलाई निर्वाचन आयोगले कारवाही गर्ने भएको छ।