शान्तिवाटिका निर्माणमा रोक

पर्वत जिल्लास्थित फलेवास नगरपालिकाले गौरवको आयोजनाका रूपमा निर्माण थालेको मनमोहन शान्ति वाटिका सामुदायिक वन क्षेत्रमा बनाएको पाइएको छ। सामुदायिक वनको जग्गामा वाटिका निर्माण थालिएपछि जिल्ला वन कार्यालयले निर्माण कार्य नै रोकेको छ। फलेवास नगरपालिका–१ को जमली चिसापानी र वडा नं. २ पर्ने थाम चिसापानी सामुदायिक वनको सिमानामा रहेको वन क्षेत्रमा शान्तिवाटिका निर्माण गर्न लागिएको हो। थाम चिसापानी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जितबहादुर थापाका अनुसार केही सल्लोका पुराना रुख र बुट्यान