सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न घुम्ती शिविर

काठमाडौँ,१६ साउन । हरिवन नगरपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न घुम्ती शिविर सञ्चालन गरेको छ । वडा कार्यालयसम्म पुग्न समस्या हुने अशक्त, अपाङ्गता र वृद्धवृद्धालाई लक्ष्य गरेर गाउँ घरमै पुगी सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न नगरका ११ वटै वडामा घुम्ती शिविर सञ्चालन सुरु गरिएको नगरप्रमुख रमेश बुढाथोकी(कमल)ले जानकारी दिए । शारीरिकरूपमा अशक्त तथा वृद्धवृद्धालाई वडा कार्यालयसम्म धाउनुको […]

सम्बन्धित सामग्री

साकेलामा घुम्ती शिविर मार्फत सेवा

खोटाङ, २८ भदौ । साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडामा आयोजना गरिएको टोलस्तरीय घुम्ती शिविरबाट सात सय ५८ नागरिकले सेवा लिएका छन् । भौगोलिक विकटताका कारण गाउँपालिकाको कार्यालय पुगेर सेवा लिन नसक्ने नागरिकलाई मध्यनजर गर्दै टोलटोलमा आयोजना गरिएको घुम्ती शिविरबाट दुई सय ४३ ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता नवीकरण, दुई सय ९० जनाको स्वास्थ्य परीक्षण एवम् औषधि वितरण […]

बस्तीमै सुरक्षा भत्ता नवीकरण

सर्लाहीको उत्तरी भेगस्थित हरिवन नगरपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न घुम्ती शिविर सञ्चालन गरेको छ । वडा कार्यालयसम्म पुग्न समस्या हुने अशक्त, अपाङ्ग र वृद्धवृद्धालाई लक्षित गरी घुम्ती शिविरमार्फत घर गाउँमै पुगी सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न ११ वटै वडामा घुम्ती शिविर चलाइएको हरिवनका नगरप्रमुख रमेश बुढाथोकी (कमल) ले जानकारी दिनुभयो ।