विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि दबाबमा राष्ट्र बैंक

काठमाडौं । विदेशी मुद्राको सञ्चिति निरन्तर घट्दै गएपछि नेपाल राष्ट्र बैंकमा दबाब बढेको छ । नीतिगत व्यवस्थापछि पनि विदेशी मुद्रा सञ्चितिमा सकारात्मक लक्षण नदेखिएपछि केन्द्रीय बैंकमा दबाब बढेको हो । गत असारमा १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चिति थियो । माघमा घटेर ११ खर्ब ७३ अर्ब २ करोडमा सीमित भएको छ । विप्रेषणलगायत विदेशी मुद्रा आर्जनमा गिरावट र उच्च आयातले विदेशी विनियम सञ्चिति घटिरहेको छ । विदेशी मुद्रा सञ्चिति घट्न थालेपछि नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासबाट आयात निरुत्साहित गर्ने नीति लिए पनि त्यसको प्रभाव देखिएको छैन । यसैबीच सोमवार राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूलाई बोलाएर कैयौं वस्तु आयातको एलसी (प्रतीतपत्र) नखोल्न मौखिक निर्देशन दिएको छ । यद्यपि, नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता नारायणप्रसाद पोखरेल अहिले अर्थतन्त्रको अवस्था त्यति कमजोर नभएको दाबी गर्छन् । ‘राष्ट्र बैंकको नीतिगत व्यवस्थाकै कारण हाम्रो विदेशी मुद्रा सञ्चिति धेरै घटेको छैन,’ उनले भने, ‘आत्तिनुपर्ने अवस्था आएको होइन, अलर्ट हुन मात्र खोजेका हौं ।’ राष्ट्र बैंक आयात रोक्ने निकाय नभएकाले बैंकहरूलाई आयात बन्द गर्न निर्देशन नदिएको र आयात कर्जाबारे सामान्य छलफल मात्र भएको पोखरेलले जानकारी दिए । ‘हामीले आयात रोक्न सक्दैनौं,’ उनले भने, ‘तर, उद्योग वाणिज्य महासंघकै नेताबाट आयातमा रोक लगाएको सामानको लिस्ट भेटिएन भनेर फोन आयो ।’ राष्ट्र बैंकले बैंकका प्रमुख कार्यकारीहरूसँग कर्जाको अवस्थाबारे छलफल गरेको र एलसी खोल्दा सतर्कता अपनाउन आग्रह गरिएको उनले बताए । राष्ट्र बैंकले चालू आवको दोस्रो त्रैमासबाटै आयात कर्जा निरुत्साहित गर्ने नीति लिएको थियो । उसले मङ्सिर १० गते चाँदी आयात गर्दा एकपटकमा ३५ हजार डलरभन्दा बढी सटही नगर्ने गरी सीमा तोक्यो । सुन आयात कोटामा ५० प्रतिशतले कटौती गर्नेदेखि विलासी वस्तु आयात निरुत्साहित गर्न ४७ किसिमका हार्मोनिक सिस्टम कोडअन्तर्गतका सामान आयातमा नगद मार्जिनको व्यवस्था गर्‍यो । यसैगरी विदेशी मुद्राको सञ्चिति बढाउन राष्ट्र बैंकले गैरआवासीय नेपालीलाई डलरमा खाता खोल्ने प्रावधान लचिलो बनाए पनि विदेशी मुद्रा बढ्न सकेको छैन । बैंकरहरूले भने विलासी सामानको आयातमै रोक लगाउनुपर्ने सुझाव दिँदै आएका छन् । ‘अहिले एलसीको डिमान्ड उच्च छ, यो रोक्ने अधिकार हामीलाई छैन, रोक्ने हो भने तपाईंहरूले हो, जुन समय आइसक्यो,’ नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले केही अघि अर्थ समितिको बैठकमा भनेका थिए । अर्थतन्त्रका सूचकहरू नकारात्मक भए पनि अहिलेसम्म सरकारले सुरक्षात्मक नीति नल्याएको भन्दै आलोचना हुने गरेको छ ।

सम्बन्धित सामग्री

भारतको विदेशी मुद्रा सञ्चिति घट्यो

भारतको केन्द्रीय बैंकको पछिल्लो तथ्याङ्कअनुसार जनवरी १९ मा समाप्त भएको सातामा भारतको विदेशी मुद्रा सञ्चिति २.७९४ बिलियन अमेरिकी डलरले घटेर ६१६.१४३ बिलियन डलरमा पुगेको छ। सबैभन्दा ठूलो विदेशी मुद्रा कम्पोनेन्ट भनिने विदेशी मुद्रा सम्पत्ति २ अर्ब ६५३ करोड डलर घटेर ५४५.८५ अर्ब डलर पुगेको तथ्यांकले देखाएको छ । जनवरी १२ मा समाप्त भएको सातामा भारतको विदेशी मुद्रा सञ्चिति १ अर्ब ६३४ बिलियन डलर बढेर ६१८.९३७ बिलियन डलर पुगेको थियो ।सन् २०२३ मा भारतको विदेशी मुद्रा सञ्चितिमा करिब ५८ अर्ब डल

पाकिस्तानको केन्द्रिय बैंकको विदेशी मुद्रा सञ्चिति ८.२ अर्ब अमेरिकी डलर पुग्यो

पाकिस्तानको केन्द्रीय बैंकको विदेशी मुद्रा सञ्चिति बढेर ८.२ अर्ब अमेरिकी डलर पुगेको छ।स्टेट बैंक अफ पाकिस्तान (एसबीपी) ले आफ्नो विदेशी मुद्रा सञ्चिति ४६४ मिलियन अमेरिकी डलरले बढेर २९ डिसेम्बर २०२३ सम्ममा ८.२ बिलियन डलर पुगेको जनाएको हो।वाणिज्य बैंकहरूसँग रहेको खुद विदेशी सञ्चिति करिव ५ अर्ब डलर पुगेको केन्द्रिय बैंकले जनाएको छ। एसबीपीका अनुसार दक्षिण एशियाली देशसँग रहेको कुल तरल विदेशी सञ्चिति करिव १३.२ अर्ब डलर रहेको छ।

रेमिट्यान्समा वृद्धि भएपछि विदेशी मुद्रा सञ्चिति १४ खर्ब ८० अर्ब पुग्यो

राष्ट्र बैंकका अनुसार अहिले विदेशी मुद्रा सञ्चिति १४ खर्ब ८० अर्ब रूपैयाँ पुगेको छ । यो अमेरिकी डलरमा ११ अर्ब २९ करोड पुगेको छ ।

मंसिरमा बढ्यो विदेशी मुद्रा सञ्चिति

काठमाडौं : मंसिर महिनामा मुलुकको विदेशी मुद्रा सञ्चिति बढेको छ। चालु वर्षको मंसिरसम्मको तथ्यांक अनुसार कायम सञ्चितिले ८.७ महिनाको वस्तु तथा सेवा खरिद गर्न धान्नेछ। असोज मसान्तसम्म ८.३ महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्ने विदेशी मुद्रा सञ्चिति थियो। राष्ट्र बैंकको तथ्यांकअनुसार २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ…

चार महिनामा २.५ प्रतिशतले बढ्यो विदेशी मुद्रा सञ्चिति

काठमाडौं : मुलुकको विदेशी मुद्रा सञ्चिति २.५ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैङ्कले बिहीबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो चार महिनासम्मको प्रतिवेदनअनुसार कात्तिक मसान्तसम्ममा १२ खर्ब ४६ अर्ब २७ करोड रुपैयँ बराबरको विदेशी मुद्रा सञ्चिति छ। यो असारको तुलनामा ११ अर्ब ६६ करोड रुपैयाँले बढी हो असारमा कुल विदेशी विनिमय सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रुपियाँ बराबर थियो । गत भदौ महिनामा ११ खर्ब ९८ अर्ब १६ करोड रुपैयाँ र असोजमा १२ खर्ब ६४ अर्ब ६६ करोड रुपैयाँ बराबर विदेश

एक महिनामा बढ्यो ३० अर्ब विदेशी मुद्रा सञ्चिति

२७ असार, काठमाडौं । जेठ महिनामा वैदेशिक मुद्रा सञ्चितिमा आंशिक सुधार भएको छ । जेठ मसान्तमा आइपुग्दा ११ खर्ब ७६ अर्ब ८४ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिति कायम भएको छ । वैशाख मसान्तमा यस्तो सञ्चिति ११ खर्ब ४६ अर्ब ८८ करोड रुपैयाँ बराबर थियो । एकै महिनामा २९ अर्ब ९६ करोड रुपैयाँ बराबरको सञ्चिति […]

विदेशी मुद्रा सञ्चिति तीव्र रूपमा घट्दै

पछिल्लो दश महिनामा विदेशी मुद्रा सञ्चिति तीव्र रूपमा घटेका कारण आर्थिक संकट बढ्दै गएको अर्थविद्हरूको भनाई छ। अघिल्लो आर्थिक वर्ष २० ७७/०७८ को अन्त्यसम्ममा ११ महिनाको वस्तु र १० महिनाको वस्तु तथा सेवाको आयात धान्न सक्ने विदेशी विनिमय सञ्चिति रहेकोमा चालू आर्थिक वर्षको ८ महिनामा अवधिमा ६ महिनाको आसपासमा झरेको स्रोतले जनाएको छ।राष्ट्र बैंककै तथ्याङ्क हेर्ने हो भने पनि ७ महिनामा विदेशी विनिमय सञ्चिति घटेर ६.७ महिनाको वस्तु तथा सेवाको आयात धान्ने अवस्थामा पुगेको देखिन्छ। तीव्र रूपमा विदेशी विनिम

भारतको विदेशी मुद्रा सञ्चिति २.०३ अर्ब डलरले घट्यो

भारतको विदेशी मुद्रा सञ्चितिमा लगातार तेस्रो साता गिरावट आएको छ । मुलुकको विदेशी मुद्रा सञ्चिति मार्च २५ तारिख सकिएको सातामा २.३ अर्ब डलरले घटेको छ । रिजर्भ बैंकको तथ्यांकअनुसार विदेशी मुद्रा सञ्चिति अहिले ६१९.६७८ अर्ब डलरबाट घटेर ६१७ अर्ब ६४८ अर्ब डलरमा झरेको छ । यसअघि मार्च १८ तारिख सकिएको साता २.५९ अर्ब डलरले घटेको थियो । त्यसैगरी मार्च ११ तारिख सकिएको सातामा यो गिरावट ९.६४६ अर्ब डलर पुगेको थियो । मार्च १५ तारिख समाप्त भएको सातामा विदेशी मुद्रा सञ्चिति घट्नुको कारण कुल मुद्रा सञ्चित

भारतको विदेशी मुद्रा सञ्चिति बढ्दो

एजेन्सी। भारतको विदेशी मुद्रा सञ्चिति ५८२.४०६ अर्ब डलर पुगेको छ। रिजर्भ बैंकको शुक्रबारको आँकडाले यस्तो सञ्चितिमा १.१९३ अर्ब डलर वृद्धि भएको देखाएको हो। भारतको विदेशी मुद्रा सञ्चिति जनवरी २९ मा ५९०.१८५ अर्ब डलरको सर्वाधिक उचाइमा पुगेको थियो। त्यसपछि केही समय गिरावट आएको सञ्चितिमा पुनः बढोत्तरी भएको हो।