नेपाली नागरिकसँग विवाह गर्ने विदेशीहरुलाई कृत्रिम नागरिकता दिनुपर्छः प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाली नागरिकसँग विवाह गर्ने विदेशीहरुलाई कृत्रिम नागरिकता दिनुपर्ने बताएका छन् । शुक्रवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सुवालले नेपालीसँग विवाह गर्ने विदेशी महिला अथवा पुरुषलाई २० वर्षपछि कृत्रिम नागरिकता दिनुपर्ने बताएका हुन् । उनले कृत्रिम नागरिकता लिनको लागि पनि नेपालको संस्कृति बारेमा लिखित परीक्षा उत्तीर्ण हुनुपर्ने व्यवस्था गर्नुपर्ने बताए । उनले नेपालको नागरिकता सम्बन्धी समस्या समाधान गर्न खुला सीमालाई बन्द गर्नुपर्ने बताए ।  

सम्बन्धित सामग्री

नेपालीलाई विदेशीसँग विवाह गर्न निरुत्साहित गरौँ : प्रेम सुवाल

काठमाडौं :  नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालीलाई विदेशीसँग विवाह गर्न निरुत्साहित गर्नुपर्ने बताएका छन्।शुक्रवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सुवालले नेपालीसँग विवाह गरेका महिला वा पुरुषलाई २० वर्षपछि नेपालको भाषा र संस्कृतिबारे लिखित र अन्तर्वार्ता लिनुपर्ने र परीक्षा उत्तिर्ण गरेमा नेपालको कृत्रिम नागरिकता दिनुपर्ने बताएका हुन्।उनले नागरिकता विधेयकलाई फाष्ट ट्रयाकबाट पारित गर्नु देशको हितमा नभएको बताए।  सांसद सुवालले नागरिकता विधेयक फाष्ट ट्रयाकबा

नागरिकता समस्या समाधानका लागि नेपाल–भारत खुला सीमा बन्द गर्नुपर्छ : प्रेम सुवाल

बुधबार प्रतिनिधिसभा बैठकमा ‘नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९’ मा विरोधको सूचना पेश गर्दै उहाँले नेपालीसँग विवाह गरेका नेपाली नागरिकलाई २० वर्ष निरन्तर नेपालमा बसोबास गरेको र नेपालको कुनै एउटा भाषा तथा संस्कृतिमा लिखित परीक्षा र अन्तरवार्ता उत्तीर्ण गरेकालाई नेपालको कृत्रिम नागरिकता दिने व्यवस्था गर्न पनि सरकारलाई सुझाव दिनुभयो ।

नेपाली नागरिकसँग विवाह गर्ने विदेशीलाई कृत्रिम नागरिकता दिनुपर्छः प्रेम सुवाल

काठमाडौँ – नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाली नागरिकसँग विवाह गर्ने विदेशीलाई कृत्रिम नागरिकता दिनुपर्ने बताएका छन्। शुक्रबारको प्रतिनिधि सभा बैठकमा सांसद सुवालले नेपालीसँग विवाह गर्ने विदेशी महिला अथवा पुरुषलाई २० वर्षपछि कृत्रिम नागरिकता दिनुपर्ने बताए। उनले कृत्रिम नागरिकता लिन पनि नेपालको संस्कृतिबारे लिखित परीक्षा उत्तीर्ण हुनुपर्ने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ। उनले […]