वर्ष २०८० मा लुम्बिनी : सत्ता राजनीतिको चलखेलमै सीमित

संघीयता लागू भएको ७ वर्षमा प्रदेश सरकारको औचित्य माथि नै प्रश्न उठ्न थालेको छ । केन्द्रको राजनीति अस्थिरताको प्रभाव लुम्बिनीमा अछुतो रहन सकेन । सरकार ढल्ने र बन्ने गर्दा प्रदेश नै कमजोर देखिएको छ । लुम्बिनीमा साना दल सरकार गठनमा निर्णायक देखिए । नेतृत्व नभएपनि घुर्की लगाएर अरु रोजेका मन्त्रालय पाए । १५ महिनामा तीन सरकार बने ।