समूह 'सी' का दुई खेल आज: नेदरल्याण्ड्स पछि अन्तिम १६ का लागि युक्रेन र अस्ट्रियाको प्रतिस्पर्धा

युईएफए युरो कपमा आज चार खेल हुँदैछन्। जसमध्ये पहिलो दुई खेलमा समूह सी अन्तिम खेलहरु हुनेछन्। समूह 'सी' को आज हुने खेलमा शीर्ष दुईमा अटाउने लक्ष्यका साथ युक्रेन र अस्ट्रिया भिड्दा अन्तिम १६ मा स्थान बनाइसकेको नेदरल्याण्ड्सले नर्थ म्यासाडोनियासँग प्रतिस्पर्धा गर्नेछ। दुबै खेल बेलुकी पौने १० बजे सुरु हुनेछ। रोमिनियास्थित…

सम्बन्धित सामग्री

युरोकपकाे अन्तिम १६ मा कुन टोलीले कोसँग खेल्दैछन ?

काठमाण्डाै – युरोकप फुटबलमा अन्तिम १६ अर्थात् नकआउट चरणमा पुग्ने सबै टोलीको टुंगो लागेको छ । गएराति समूह चरणका सबै खेल सकिएसँगै अन्तिम १६ को टुंगो लागेको हो । अन्तिम १६ मा अब वेल्स र डेनमार्क, इटली र अष्ट्रिया, नेदरल्याण्ड्स र चेक रिपब्लिक, बेल्जियम र पोर्चुगल, स्पेन र क्रोएसिया, फ्रान्स र स्विट्जरल्याण्ड, इङ्ल्याण्ड र जर्मनी तथा स्वीडेन र युक्रेन खेल्नेछन् । अन्तिम १६ का खेल जुन २६ तारिख अर्थात आउँदो शनिबारदेखि सुरु हुनेछन् ।

नेदरल्याण्ड्स युरो कप फुटबलको अन्तिम १६ मा प्रवेश

काठमाण्डाै -नेदरल्याण्ड्स युरो कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको खेलमा अस्ट्रियालाई २–० गोलले हराउँदै नेदरल्याण्ड्स नकआउट चरणमा प्रवेश गरेको हो । नेदरल्याण्ड्सको जितमा ११ औं मिनेटमा मेम्फिस डिपेले पेनाल्टीमार्फत र डेञ्जल डुम्फ्रिजले ६७ औं मिनेटमा गोल गरे । समूह 'सी' को गएराति नै भएको अर्को खेलमा युक्रेनले नर्थ म्यासेडोनियालाई २–१ गोलले हराएको छ।  यो समूहमा नेदरल्याण्ड्सको ६ अङ्क रहेको छ भने युक्रेन र अस्ट्रियाको ३/३ अङ्क छ । अङ्कविहीन रहेको नर्थ म्यासेडोनिया लगभग बाहिरिएको ...