ब्याटलग्राउण्ड सिन्धुपाल्चोक २ : एकअर्कालाई प्रतिस्पर्धी नै मान्दैनन् बस्नेत र तामाङ (भिडियोसहित)

सिन्धुपाल्चोक क्षेत्र नम्बर १ लाई आफ्नो आधारभूमि बनाएर निरन्तर खटिइरहेका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहन बस्नेत सत्ता गठबन्धनमा आन्तरिक समीकरण मिलाउन क्षेत्र नम्बर २ तिर सर्नुपर्यो । मंसिर ४ गते हुने निर्वाचनमा क्षेत्र नम्बर २ बाट गठबन्धनका साझा उम्मेदवार बस्नेत अहिले आफ्नो पक्षमा माहोल बनाउन निरन्तर खटिरहेका छन् ।निर्वाचन क्षेत्र अन्तर्गतका विभिन्न गाउँबस्तीमा बिहान ६ बजेदेखि रातिसम्म बस्नेतले सक्रियताका साथ घरदैलो गरिरहेका छन् । नयाँ भूगोल र नयाँ क्षेत्रमा आफ्नो राजनीतिक शक्ति परी

सम्बन्धित सामग्री

सिन्धुपाल्चोक-२ मा कांग्रेसका बस्नेतको अग्रता कायमै

मेलम्ची– सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा निर्वाचनको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार मोहन बस्नेतले एक हजार ९ सय ५२ मतले अग्रता लिएका छन् । लोकतान्त्रिक वाम-गठबन्धनका तर्फबाट उम्मेदवार बनेका बस्नेतले छ हजार पाँच सय ९२ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले)का शेरबहादुर तामाङले चार हजार छ सय ४० मत प्राप्त गरेका छन् […]

बस्नेतलाई पछ्याउँदै शेरबहादुर

सिन्धुपाल्चोक – सिन्धुपाल्चोक–२ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ । जारी मतगणनामा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेतले अग्रता कायम राखेका हुन्। बस्नेतले पाँच हजार एक सय ४९ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका शेरबहादुर तामाङले तीन हजार ४३४ मत प्राप्त पाएका छन् । प्रदेशसमा (१)मा गठबन्धनका […]

सिन्धुपाल्चोक–२ मा कांग्रेसको अग्रता कायमै

काठमाडौँ,६ कार्तिक । सिन्धुपाल्चोक–२ मा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ । सिन्धुपाल्चोक क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेतले अग्रता कायम गर्नुभएको छ । जारी मतगणनामा बस्नेतले पाँच हजार एक सय ४९ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का शेरबहादुर तामाङले तीन हजार […]

सिन्धुपाल्चोक २ मा कांग्रेस, १ मा एमालेको अग्रता

सिन्धुपाल्चोक – सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ। प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार मोहन बस्नेतले अग्रता कायम गरेका हुन्। जारी मतगणनामा बस्नेतले तीन हजार एक सय ७५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेकपा एमालेका शेरबहादुर तामाङले एक हजार आठ सय ७५ मत प्राप्त गरेका छन्। प्रदेशसमा ‘१’ […]

मोहनबहादुर बस्नेत मात्र मेरा प्रतिस्पर्धी होइनन्ः शेरबहादुर तामाङ

काठमाडौं, ११ कात्तिक । नेकपा एमालेका नेता एवं सिन्धुपाल्चोक २ का उम्मेदवार शेरबहादुर तामाङले आफ्नो प्रतिस्पर्धा एक जना व्यक्तिसँग मात्र नभएको बताएका छन् । ‘मेरो क्षेत्रको चुनावी प्रतिस्पर्धामा ११ जना साथीहरु छन्, मोहनबहादुर बस्नेत मात्र होइन । उहाँ पार्टीगत रुपमा माथिल्लो तहमा सम्भावना भएको व्यक्तित्व हो । तर अहिले सिन्धुपाल्चोक १ छाडेर मसँग प्रतिस्पर्धा गर्न […]

सिन्धुपाल्चोक–२ मा शेरबहादुर तामाङको नयाँ प्रतिस्पर्धी मैदानमा, कसको शक्ति कति ?

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका नेता शेरबहादुर तामाङले नयाँ प्रतिद्वन्द्वी पाएका छन् । विगतमा राप्रपाका पशुपति शमशेर राणा, माओवादी केन्द्रका दावा तामाङलगायतका उम्मेदवारसँग प्रतिस्पर्धा गरेका तामाङले यसपटक नेपाली काँग्रेसका मोहन बस्नेतसँग प्रतिस्पर्धा गर्न लागेका हुन् । यसअघि बस्नेत सिन्धुपाल्चोक १ बाट चुनाव लड्दै आएका थिए । तर, सत्ता गठबन्धनमा भागबण्डा मिलाउन उनी निर्वाचन क्षेत्र परिर्तन गरेर तामाङलाई टक्कर दिन क्षेत्र नम्बर २ मा

हेलम्बुको अध्यक्षमा कांग्रेसका शेर्पा निर्वाचित

सिन्धुपाल्चोक, २ जेठ । हेलम्बु गाउँपालिकाका नेपाली कांग्रेसका उम्मेदवार निमा ग्याल्जेन शेर्पा निर्वाचित भएका छन् । उनले ५३८५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका दाबा लामाले ४६०३ मत ल्याएका छन् । त्यस्तै, उपाध्यक्षमा पनि कांग्रेसकै अप्सरा लामिछाने विजयी भएकी छिन् उनले ५२१४ मत ल्याएकी हुन् । उनकी प्रतिस्पर्धी एमालेकी गंगा अर्याल […]

कांग्रेस सिन्धुपाल्चोक २ ‘क’ सभापतिमा गिरी विजयी

सिन्धुपाल्चोक – नेपाली कांग्रेस सिन्धुपाल्चोक प्रतिनिधिसभा २ को प्रदेश सभा ‘क’को सभापतिमा केशवराज गिरी विजयी भएका छन् । प्रदेश सभा कार्यसमितिका लागि भएको निर्वाचनमा सभापतिमा गिरीले दुई सय ११ मत प्राप्त गरी विजयी भएका हुन्। उनका प्रतिस्पर्धी देवप्रसाद बानियाँले दुई सय दुई मत प्राप्त गरे । उपसभापति पदमा ग्याल्बो तामाङले दुई सय २३ र बासुदेव […]

सिन्धुपाल्चोक-२ मा पशुपतिशमशेरलार्इ पराजित गर्दै शेरबहादुर तामाङ विजयी

२३ मंसिर, काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नं. २ मा वामपन्थीका उम्मेदवार एमाले नेता शेरबहादुर तामाङ विजयी भएका छन् । तामाङले राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणालाई पराजित गर्दै विजयी भएका हुन् । तामाङले ३८ हजार ४०१ मत ल्याए । उनका प्रतिस्पर्धी राणाले ३० हजार ३६९ मत ल्याएका छन् ।