लिभरपुलको गोल वर्षा, आर्सनल विजयी

साउथह्याम्पटनमाथि शानदार जीत निकाल्दै लिभरपुल लिगको दोस्रो स्थानमा उक्लिएको छ । डिओगो जोटाले दुई गोल गरेपछि लिभरपुल ४–० गोलले विजयी बनेको हो । जोटाले खेलको दोस्रो मिनेटमा नै लिभरपुललाई अग्रता दिलाए भने ३२ औँ मिनेटमा अग्रता दोब्बर बनाए ।३७ औँ मिनेटमा थियागोले लिभरपुलको अग्रता फराकिलो बनाए । दोस्रो हाफमा भर्जिल भान डाइकले टोलीको अग्रता फराकिले बनाए । योसँगै लिभरपुलले योर्गन क्लप आएपछि ७ सय गोल पुरा गरेको छ । त्यस्तै, सबै प्रतियोगितामा लगातार १७ खेलमा कम्तिमा २ गोल गर्ने सन् १९२७ मा सन्डरल्या